कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको ग्रिन्बेल्टमा गाउँपालिकाले खेलमैदान बनाउने तयारी गरेपछि त्यहा बसेका जमिनदारहरुले सुकुम्वासीहरुलाई उचाल्दै आन्दोलन गर्दै आएका छन् । बेलडाँडी गाउँपालिकाले त्यहाँ खेलमैदान बन्ने क्षेत्रमा बसेका वास्तविक सुकुम्वासीको समस्या समाधान गर्ने जनाउदा समेत बन बिनाश गरेर अतिक्रमण गरेका हुकुम्वासीहरु र तत्कालिन जनप्रतिनिधी छोटेलाल रानाको नेतृत्वमा सुकुम्बासीको पक्षमा भन्दापनि हुकुम्वासीको पक्षमा आन्दोलन गरिराखेका छन् ।

 

यस भन्दा पहिलाको एमाले नेतृत्वको सरकारले ग्रिनबेल्टमा बसेकाहरुलाई ग्रिनबेल्टबाट हटाउने निर्णय गरेर निर्णयमा मात्र सिमित राख्दा यो समस्या अहिले आएको बेलडाँडीका जानकारहरु बताउछन् । बेलडाँडीका अगुवाहरुका अनुसार यो ग्रिनबेल्ट बेलडाँडी गाविस अध्यक्ष चन्द्र बहादुर थापाका पालामा संरक्षण गरेर राखिएको थियो । पछि विस्तारै जमिनदारहरुले अतिक्रमण गरेर कब्जा गरेको बताउछन् । त्यसै क्रममा केहि सुकुम्वासीहरु पनि त्यहाँ आएर बसेको जनाइन्छ ।

 

अहिले हरिशचन्द्र राना नेतृत्वको स्थानीय सरकारले बेलडाँडीको आवस्यकतालाई मध्यनजर गर्दै खेलमैदानको अवधारणा ल्याएको हो । गाउँपालिको इमान्दारी पुर्वक उक्त अतिक्रमित क्षेत्र खालि गरिदिन तेस्रोपटक ७ दिने अन्तिम सूचना जारी गरेको छ । बेलडाँडी गाउँपालिकिाले गरेको अहिलेको निर्णय बेलडाँडीबासीको हितमा भएको भन्दै स्वागतयोग्य निर्णय गरेको बेलडाँडीबासी बताउछन् ।

 

बेलडाँडीबासीका अनुसार वास्तविक सुकुम्वासीको व्यवस्थापन गरेर अन्य त्यहाँ भएका हुकुम्वासीले इमान्दारिताका साथ ठाउँखालि गरिदिन आग्रह गरेका छन् । अनावश्यक जनतालाई भ्रमित पार्ने काम हुकुम्वासीको तर्फ भइरहेको भन्दै त्यसको प्रतिकारमा यहाँका युवा जनता उत्रिने चेतावनी समेत दिएका छन् । ग्रिनबेल्ट भनेको के हो राम्रो संग बुझदा बुझ्दै पनि आनावश्यक बखेडा झिक्ने हुकुम्वासीहलाई कानुनी बोटो देखाउनुपर्ने सुझाव समेत दिएका छन् ।यस अघि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले सरकारी अतिक्रमित जमिन खालि गराउने भए प्रशासन संग समन्वय गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस