कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले एकपछि अर्को जनमुखी कार्यगर्दै गर्दा एमालेका प्रदेश सदस्य अभिमान थापा लगायतकालाई डाहा हुन शुरुभएको छ । ७४ को स्थानीय निर्वाचनमा बेलडँडीमा एमालेको स्थानीय सरकार बन्यो ।

धन बहादुर थापा नेतृत्वको स्थानीय सरकारले ५ बर्ष कार्यकालमा खासै उपलब्धी केहि गर्न सकेनन् । खासै उपलब्धी केहि नगरेकाले ७९ को स्थानीय निर्वाचनमा जनताले एमालेलाई पाखा लगाउदै काँग्रेसको स्थानीय सरकार बन्ने मत दिए ।

नेपाली काँग्रेसका जिल्ला उपभापति हरिशचन्द्र रानाको अध्यक्षतामा बेलडाँडी सरकार बन्यो । बेलडाँडी सरकार प्रमुख हरिशचन्द्र राना युवा जोसजागरका साथ जनताको काम गर्न थाले । कामगर्ने दौरानमा उनीमाथी थुप्रै चुनौती विग्नबाधा आइलागे विभिन्न बाधा अवरोधका बावजुत पनि उनी निडर भएर जनताको काम गरिराखे ।

वितेको २ बर्षमा उनले ठुलो चुनौतीको समाना गर्दै बेलडाँडी १५ सैयाको अस्पताल निर्माण कार्य अघिबढाए, छाडापशुचौपाया व्यवस्थापनलाई सुद्धिढगर्दै आधुनिक किसिमको गौशाला निर्माण गरे, बेलडाँडीका किसानलाई आत्मनिर्भर र प्रवद्र्धनका लागि कोल्डस्टोर भवन निर्माण कार्य अघि बढाए, दुग्ध उत्पादन किसानको प्रवद्र्धनका लागि दुग्ध चिस्यान केन्द्र निर्माण गरे, वडा स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न सेवा केन्द्र, खोप केन्द्र निर्माण गरे, प्राकृतिक तथा जुनसुकै विपतिमा पिडितलाई बस्न आपतकालिन भवन निर्माण गरे, वडाबाटै सेवा दिन वडाकार्यालय प्रशासकीय भवन निर्माण कार्य अघि बढाए, उद्यम घर (साझा सुविधा केन्द्र), रेडक्रम भवन निर्माण कार्य, बेलडाँडी रिङरोड, आँखा अस्पताल, बेलडाँडीमै शर्पदंश उपचार, रेविज भ्याक्सीन, लगायत थुप्रै कार्य गरे ।

पुराना सरकारको पालामा बन्न नसकेको खेलकुद समिति खडा गरि जिम्मेवार बनाउने कार्य अघि बढाए, युवाहरुको समस्यालाई मध्यनजर गर्दै बेलडाँडीको आवस्यकता अनुसार आधुनिक खेलकुद मैदानको अवधारणा ल्याउदा सबै कार्य यसैका पालमा गरे हामीले जनतालाई के गर्ने भन्ने चिन्ताले प्रदेश स्तरका नेताहरुबाटै डाहा हुन शुरुभएको स्पष्ट देखिन्छ ।

यति मात्र होइन एमाले प्रदेश सदस्य रहेका नेता थापाले सुकुम्बासीको नाममा हुकुम्बासीलाई पुन: जमिन उपलब्ध गराउने आसवासन बाढेको देखिन्छ । नेता थापाले शान्तिपुर्ण आन्दोलन भन्दै बुधवार बिहान गाउँपालिका परिसरमै सुकुम्वासी तथा गैरसुकुम्वासीहरुलाई उचाल्दै अध्यक्ष चाहिदैन, जनता मार्न पाइदैन भन्ने अनावश्यक नारा समेत लगाउन लगाए ।

खेलमैदान निर्माणमा उनले ठुलो बाधा पुर्याएका छन् । गाउँपालिकाले बास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने जनाउदा-जनाउदै समेत उनीहरुलाई उचाल्दै त्यहाँ बसेको जमिनदार अतिक्रमणकारीको पक्षमा आन्दोलन गर्न बाध्य बनाएका छन् ।

एक आन्दोलनकारीले नाम नखोल्ने सर्तमा भने “अभिमान थापा आउछ हामीलाई गाली गर्छ आन्दोलमा नगए जरिवाना लगाउछु भन्छ त्यसैले हामी आन्दोलनमा आउन बाध्य भएका हौं तर राज्यले हाम्रो व्यवस्थापन गरिदिए हामी त्यस ठाउँमा गएर बस्ने जनाएका छन् ।”

भन्ने गरिन्छ बादर न आफ्नो घर बनाउन दिन्छ न त अरुको घर बनेको देख्छ । त्यसैले यस्ता हुकुम्वासीका कारण बास्तविक सुकुम्वासीलाई समेत समस्या हुने निश्चित छ यसको जिम्मा जसले उचाल्छ त्यसैले लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुस