कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा खेलमैदान निर्माण गर्ने तयारी गरेपछि त्यहाँ अतिक्रम गरि बसेका पुर्वजनप्रतिनिधी आफ्नो पालमा गरेका निर्णय उल्ट्याउन खोजिरहेका छन् ।

 

२०७४को निर्वाचनबाट वडा सदस्य बनेका जमिनदार छोटेलाल राना ग्रिनबेल्ट अतिक्रमणकारी पनि हुन । उनले देशमा लामोसमय सम्म जनप्रतित्रिधी विहिन बनेको अवस्थामा ग्रिनबेल्ट क्षेत्र अतिक्रमण गराउने अगुवा ब्याक्ति हुन । अतिक्रमण पछि उनी जननिर्वाचित भए । जननिर्वाचित भएकोे बेला उनले ग्रिनबेल्ट संरक्षण प्रर्वद्धन गरि हरियो बगैंचाको रुपमा स्थापित गर्ने निर्णय गाउँसभाबाट पारित गरे तर २०७९ को निर्वाचनबाट कांग्रेस सरकार बन्यो काँग्रेस सरकारले बेलडाँडीको आवस्यकता अनुसार बेलडाँडीमा खेलमैदान नभएको अवस्थामा ग्रिनबेल्टको उत्तरी क्षेत्रमा हरियो बगैंचा सहितको खेलमैदान बनाउे तयारी थाल्यो उक्त तयारी गरेको अन्तिम ७ दिने सूचना जारी गर्दा तिनै भू माफिया छोटेलाल राना त्यहाँ बसेका सुकुम्वासी तथा गैरसुकुम्वासीलाई उचाल्दै पालिका प्रमुख हरिशचन्द्र राना विरुद्ध आन्दोलन गर्न थाले ।

 

त्यसमा छोटेलाल जस्तै अन्य भू माफियाहरुले समेत अनावश्य आन्दोलनलाई जनमल गरिरहेको छ । उनले गरेको आन्दोलनलाई निकुञ्ज कार्यालय, स्थानीय सरकार, प्रहरी प्रशासन लगायतले नियालिरहेको छ । सरकारको अर्को तयारी वन अतिक्रम गरि बसेका बेला त्यहाँ भएका सालका रुख र चन्द्रबहादुर सिंह अध्यक्ष भएको पालमा १५ हजार भन्दा बढी सिसौका विरुवा रोपेको ती ठुलै रुखको रुपमा लिदा अतिक्रमण गर्दा त्यो बन विनाशको मुद्धा समेत लगाउन सक्ने सांकेत निकुञ्जले गरेको छ ।

 

यस भन्दा पहिला पनि उक्त क्षेत्रमा निकुञ्ज कार्यालयले उत्खलनमा रोकलगाउदै आएको थियो । बस्ती क्षेत्र भित्रको संरक्षणको जिम्मा स्थानीय सरकारको समेत हुनेहुदा आँखा चिम्म गरेको हो तर पन्छिएको होइन । यसको फाइदा लिन जनताको नाममा भू माफियाहरु सल्बलाएका हुन् ।

प्रतिक्रिया दिनुस