कैलाली कार्तिक २१ ,नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौले कालापानीको भूभाग नेपालको नक्सा बाट भारतीय नक्सामा प्रयोग गरेर कब्जा गर्ने खोजेको भन्दै कैलालीको अत्तरीया मा बिरोध प्रदर्शन गरेका छन ।
प्रदर्शन पछि गरेको संयुक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारीका अध्यक्ष जोशीले भने राष्ट्रियता गम्भीर संकट मा छ,आफ्नो स्वाभिमान गुमाउने अवस्थामा नेपाल पुगेको छ, राष्ट्रियता बिरुद्दको नाङ्गो हस्तक्षेप का विरुद्ध अखिल क्रान्तिकारी अखिल क्रान्तिकारी राँगतको खोलो बगाउन तयार रहेको बताए ।राष्ट्रियता गम्भीर संकट रहेकोले सबै नेपाली एक ठाउमा आएर प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुस