कञ्चनपुर,कार्तिक २१ ,कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको खुलामञ्चमा बेलैरी कृषि पर्यटन साँस्कृतिक महोत्सव आज बाट शुरु भएको छ ।पूर्व विद्यार्थी समाज शान्तिपुरको आयोजनामा बिहीबारदेखि दोस्रो कृषि पर्यटन साँस्कृतिक महोत्सव शुरु भएको हो । ‘गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ’ आयोजना गरिएको महोत्सवको बेलौरी नगरपापालिका प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटन गर्दै नगर प्रमुख चौधरीले महोत्सवबाट यस क्षेत्रको कृषि, पर्यटन एव साँस्कृतिका विकासमा जोडदिए , मेयर चौधरीले कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण गरेर अघि बढिरहेको बताए ।‘हामीले कृषि क्षेत्रमा किसानका लागि अनुदान कार्यक्रम ल्याएका छौँ, ‘मेयर चौधरीले भने, ‘आर्थिक विकासका मेरुदण्ड कृषि हो ।’ पर्यटन विकास तर्फ बेलौरी क्षेत्रका प्राकृतिक क्षेत्रलाई उजाकर गर्दै देशभरीका सय पर्यटकिय स्थान मध्ये बन्दाताल पर्यटकिय क्षेत्रमा सुचिकृत सफल भएको बताए ।

यस्तै मेयर चौधरीले बेलौरी क्षेत्रमा बसोबास गर्ने बहुजातिय समुदायको लोक संस्कृति संरक्षणका लागि समेत विभिन्न कार्याक्रम संचालन गरेको बताए । मेयर चौधरीले दक्षिणी क्षेत्र बेलौरीको भन्सार नाकाको स्तरबृद्धि गरेर यस क्षेत्रको आर्थिक विकासका लागि अघि बढाईएको बताए । उद्घाटन कार्यक्रममा बेलौरी क्षेत्रका शिक्षक, बुद्धिजिवी, राजनीतिकर्मी व्यवसायीले महोत्सवबाट यस क्षेत्रको विकासमा जोडदिएका छन् ।
महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर न्यौपानेले यस क्षेत्रको कृषि, पर्यटकिय विकासका लागि मेला आयोजना गरिएको बताए । संयोजक न्यौपानेले महोत्सवबाट आएको रकमबाट गरिब, विपन्न विद्यार्थीको अध्ययनका लागि खर्च गरिने बताए । संयोजक न्यौपानेले महोत्सवमा ११० स्टल रहेको बताए ।विभिन्न स्टलमा स्थानीय कृषि क्षेत्रका बस्तु तथा कृषि प्राविधीको प्रर्दशन गरिएको छ । मनोरन्जनका लागि बाल उद्यान राखिएका छन् । भने सुदूरपश्चिम क्षेत्रको लोक खानाका परिवार चैधरी खानाका समेत राखिएको छ । संयोजक न्यौपानेले महोत्सवमा स्थानीय, राष्ट्रिय कलाकारले विभिन्न साँस्कृतिक प्रस्तुत रहनेछन् ।

पूर्व विद्यार्थी समाज शान्तिपुरका अध्यक्ष लोकेन्द्र सिह कुँवरले बेलौरी क्षेत्रको आर्थिक विकास र विपन्न समुदायका विद्यार्थीको शैक्षिकस्तर बृद्धिका लागि महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवबाट संकलन भएको रकमले विपन्न जेहेन्दार विद्यार्थीको अध्ययनका लागि खर्च गरिनेछ । महोत्सव अवलोकन गर्नका लागि ७०बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क, ७० बर्षमुनीकालाई ५० प्रतिशत छुट, विद्यार्थी सहुलियत ४० रुपैया निर्धारण गरिएको छ । तेस्रो मुलुकका पर्यटकका लागि निःशुल्क प्रवेसको व्यवस्था मिलाईएको छ ।

नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि महोत्सव फलदायी हुने आयोजकले दावि गरेको छ । महोत्सव १ मंसिरसम्म संचालन हुने छ । ५० हजारलाई महोत्सव अवलोकन गराउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुस