कञ्चनपुर ,कार्तिक २१,कञ्चनपुरममा नेकपा क्रान्तिकारी माओवादी पार्टीे भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा सडकमा उत्रिएको छ ।कञ्चनपुर कैलाली , काठमाडौं उपत्यका, चितवन , नवलपरासी लगायतका विभिन्न ठाउँमा सडकमा उत्रिएर नेकपा क्रान्तिकारी मओवादी पार्टी र पार्टी निकट अखिल क्रान्तिकारी देजमो लगायतका मोर्चा हरुले कालापानी क्षेत्र भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा प्रदर्शन गरेको छन ।

आज नेकपा क्रान्तिकारी माओवादी पार्टी कञ्चनपुरले पुरानो जिल्ला प्रशासन कार्यालय नजिक बाट बजार परिक्रमागरी महेन्द्रनगरको मदनचोकमा कोणसभा गरेका छन ।‘ कोण सभा सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज हरि सुदेदीले सरकारको लाचारी पनले पटक पटक सिमा विवाद हुने गरेको बताए । कालापानीको बिबाद धेरै पहिले देखिको भए पनि अहिले सम्म कुनै पनि सरकारले सिमा विवाद समाधान गर्न नसकेको बताउनुभयो ।स्वाधीनता, सार्वभौमिकता अखण्डता बचाउन र कालापानी लिपुलेक भुमिका लागि हाम्रो पार्टी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । नेकपा क्रान्तिकारी माओवादीका कार्यक्रर्ताले भारतीय विस्तारवादको हस्तक्षेपका विरोधमा चर्का नाराबाजी गरेका समेत गरेका छन । कोण सभाको सञ्चानलन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य केसव साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुस