कञ्चनपुर, ३० । बेलडाँडी गाउँपालिकामा हरेको कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी शुसिला रोकायाद्धारा आनावश्यक आन्दोलन उचाल्ने कार्य भइरहेको छ । जान्दाजान्दै ग्रिनबेल्टमा भू माफियाद्धारा केहि बर्ष अघि जमिन किनेर बसेकी थिइन् । गाउँलेहरुले त्यहाँ जमिन नकिन्न सुझाव दिदादिदै पनि मनोगत तरिकाले उनले गाउँपालिकाले खेलमैदान बनाउने क्षेत्रमा जमिन किनेका थिए ।
शुसिला जस्तै तमाम नामगरिकले त्यहाँ भू माफियाबाट सस्तो जमिन पाएकाले किनेको श्रोतले बताएको छ । शुसिला जस्तै अन्यले पनि त्यहाँ सस्तो जमिन पाएकाले किनबेच गरेका छन् । किनबेच गर्नेबेला उनीहरुले आफैले जोखिम लिएका हुन । उनीहरु जस्तै आन्दोलनमा होमिएकाहरुको अधिकांसको जमिन अन्यन्त्र छ । शुसिलाको पनि बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिलामा जमिन छ । उनका श्रीमान वहालवाला नेपाल प्रहरी हुन भने शुसिला कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी हुन् । उनले सरकारले गरेका कार्य सघाउने गरि कार्यगर्नुपर्ने हुन्छ तर आफै कर्मचारी भएर भू माफियाहरुलाई उचाल्ने कार्यगर्दा उनीमाथी सवाल उठ्न थालेको छ । एनजिओको मानो खाएर सरकारको सकारात्मक पक्षमा समेत विरोध गर्नु कहाँसम्मको बहादुरी हो । स्थानीय सरकारले वास्तविक भुमिहिन तथा सुकुम्वासीको व्यवस्थापन गर्ने जनाइराखेका बेला यस्तै भू माफियाहरुलाई संरक्षण गर्ने आन्दोलन गर्दा बेलडाँडी बासी आश्चर्यचकित बनेका छन् । बेलडाँडी बासी भन्छन् यो आन्दोलन तीहरुले भू माफिया विरुद्ध गर्नुको साटो स्थानीय सरकर विरुद्ध गर्दा यसलाई केहि एमालेका नेताहरुले एमाले रङदिन थालेको जनाए ।
समुदाय विकासमा यति हाम्रो लगानी छ भनेर फुर्ति लगाउने एनजिओकर्मीलाई पालिकाले अनावश्य बखेडा नझिक्न अनुरोध गरेको छ । पालिका प्रमुख हरिशचन्द्र रानाले भने मलाई कसै जनाता देखि रिसराघ छैन् केहि त्यस्ता तत्वहरुले तर्क विहिन उचाल्ने कार्यगर्दा आफ्नो खुट्टामा बन्चरो हान्ने कार्य नर्गन अनुरोध गर्नु भयो । उनले भने समुदायको हित हुने गरि अघि बढ्नु पर्ने बताउदै अहिले पनि अधिकांस बेलडाँडीका जनाताले त्यही क्षेत्रमा खेलकुद मैदान बन्नुपर्नेमा जोडदिएको जनाए । आन्दोलित ग्रिनबेल्टबासीले खेलमैदानका लागि अघिल्लो सरकारले डिपिआर गरेको क्षेत्रमा खेलमैदान बनाउनु पर्र्ने बताइराखेका बेला पालिका प्रमुख रानाले सो डिपिआर हेर्दा त्यो प्रयाप्त मात्राको खेलमैदान नपुग्ने भएकाले पालिकाले ग्रिनबेल्ट भित्रको सबैलाई पायक पर्ने ठाउँ गौडी क्षेत्र रोजेको जनाउनु भयो ।
अझै पनि प्रमुख रानाले भने अनावश्यक कसैको उस्काहटमा नलाग्न र वास्तविक सुकुम्वासीलाई तयारी अवस्थामा रहनु होला तपाइहरुको व्यवस्था गर्नेनै छौं । तर हुकुम्वासी संरक्षणको आन्दोलनमा नलाग्न सझाव दिनु भयो । अनावश्यक कसैले अराजक गतिविधि गर्छ भने त्यसको परिणाम उसैले भोग्नुपर्ने सुझाव दिए ।