कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि वडा नं.२ को गौडी ग्रिनबेल्ट क्षेत्र खालि गर्ने अन्तिम सूचना जारी भएपछि त्यहाँ बसेका जमिनदार र भू माफियालाई जोगाउन एमाले प्रदेश स्तरका नेता अभिमान थापा घुडाधासेर लागेका छन् ।

 

उनले सामाजिक संजाल फेसबुकमा बेलडाँडी गाउँपालिका प्रमुखलाई नानाथरी आरोप लगाउदै ग्रिनबेल्ट अतिक्रमणकारी र भू माफियालाई जोगाउन विभिन्न प्रयत्न गरिरहेका छन् । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माण कार्यबाट विस्तापित हुने वास्तविक सुकुम्वासीलाई व्यवस्थापन आज शुक्रवारदेखि शुरु गरेपछि थापाले चाहेका हुकुम्वासीको व्यवस्थापन नहुने छाडगाठ बनेपछि उनीहरु सल्बलाएका छन् । थापाले सामाजिक संजाल फेसबुकमा लामालामा स्टाटस राख्दै यो सरकारलाई विभिन्न आरोप लगाइरहेका छन् ।

 

आफुलाई घरटहरावालाको पक्षमा उभ्याउने कसरत गरेजस्तो गर्ने नेता अभिमान थापा १५ सैया अस्पताल निर्माणका लागि उक्त क्षेत्र खालि गराउदा ती क्षेत्रबाट विस्तापित भएका पक्षमा किन बोलेनन भन्ने प्रश्न आम बेलडाँडीबासीले अहिले गरिरहेका छन् । बेलडाँडीबासी भन्छन् ः १५ सैया अस्पताल क्षेत्र, आपकालिन भवन निर्माण क्षेत्र, रेडक्रमस भवन क्षेत्र, बसपार्क क्षेत्र, इलाका प्रहरी कार्यालय क्षेत्र, गाउँपालिका नयाँ भवन क्षेत्र, बेलडाँडी उद्यान (पार्क) क्षेत्र, आँखा अस्पताल क्षेत्र लगायत विभिन्न ग्रिनबेल्ट क्षेत्र खाली गराउदा त्यहाँ बसेकाहरुका पक्षमा किन बोलेनन एमाले प्रदेश स्तरका नेता अभिमान थापा ।

 

अहिले राना नेतृत्वको स्थानीय सरकारले युवाहरुलाई कुलतबाट टाढा गराउन खेलमैदान निर्माण गरि युवा लक्षित कार्यकक्रम गर्न खोज्दा बास्तविक सुकुम्वासीको पक्षमा नभई किन भू माफिया र अन्यन्त्र व्यवस्थापन भएकाहरुको पक्षमा बढी वकालत गर्दैछन् एमाले नेता थापा । यसरी हातधोएर भू माफियाको पक्षमा थापा लागिरहदा उनलाई बेलडाँडीबासीले संका गरिरहेका छन् । या त राना नेतृत्वको सरकारले गरेका जनमुखी कार्य प्रति डाहा गरे या त उनको पनि त्यहाँ केहि त केहि हुनुपर्छ भन्ने संका आमले गर्न थालेका छन् ।

 

यति मात्र होइन नेता थापाले साम्प्रदायिक द्धन्द्ध निम्त्याउने स्टाटस कमेन्ट समेत गर्न थालेका छन् । खेलमैदान निर्माण हुने ग्रिनबेल्ड क्षेत्रमा अधिकांस थापाका आफ्नै समुदायका मान्छे बढी भएकाले उनी बढी लागेको हुन सक्ने अनुमान गरिएको छ । तर थापा समुदायका मान्छे एकजना पनि सुकुम्वासी नभएर अक्रिमणकारी मात्र भएकाले थापा उनलाई जोगाउन लागिपरेको श्रोतको दावी छ ।

या थापाले प्रमुख हरिशचन्द्र रानाले गरेका सकारात्मक कार्यको डाहा गरिराखेका छन् । अघिल्लो कार्यकालको एमाले सरकारले सिन्को समेत नभाच्न सकेको बेला राना नेतृत्वको सरकारले भविष्यलाई हेरेर कार्यगर्दा उनीप्रति डाहा गरिएको हुन सक्ने अधिकांसले संका गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुस