कञ्चनपुर । नेपाल शिक्षक महासंघ नगर समितिले बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका विच नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले पालिकालाई ज्ञापन पत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव गणेश बहादुर धानुकले ४बुँदे माग अघि सारेर मेयर भोजराज बोहरा, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, शिक्षा शाखा प्रमुख पदमराज भट्ट सहितका जनप्रतिनिधीको उपस्थितिमा ज्ञापन पत्र बुझाएको बताए ।

सचिव धानुकका अनुसार शिक्षक कर्मचारीको तलब महिनाबारी ईएफटि मार्फत सिधै खातामा निकासा गर्नुपर्ने, विद्यालय कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने, नगर शिक्षण अनुदान उचित दिनुपर्ने, नगरपालिकाबाट सेवानिवृत शिक्षक कर्मचारीलाई सम्मान एव राहत प्रकृतिका शिक्षकलाई उपदानको व्यवस्था मिलाउनुपर्ने माग अघि सारिएको छ । नेपाल शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष रण बहादुर दौल्याल, सचिव गणेश बहादुर धानुक र सह सचिव शिवदत्त विष्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्ती बुझ््दै मेयर बोहराले शिक्षक महासंघले अघि सारेका माग सम्बोधन गरिने आश्वासन दिएका छन ।

प्रतिक्रिया दिनुस