कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले संघीय सरकारका गृहमन्त्रीलाई सम्मान गरेको छ । बुधबार कृष्णपुर नगरपालिकाले गृहकमन्त्री लेखकलाई कार्यालयमा स्वागत एव सम्मान गरेको हो । कृष्णपुर नगरप्रमुख हेमराज ओझाले गृहमन्त्री लेखकलाई पालिकामा स्वागत एव सम्मान गरिएको बताए । मेयर ओझाका अनुसार गृहमन्त्री लेखकलाई फुलमालादेखि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

मेयर ओझाका अनुसार गृहमन्त्री लेखकलाई फुलमालादेखि दोसल्ला ओढाएर सम्मान गरिएको छ । मेयर ओझाले गृहमन्त्रालयसंग विषय आफुहरुले पनि राखेको बताउँदै सहकार्यमा जोडदिएको बताए । कृष्णपुर नगरपालिकाले मन्त्री लेखकको स्वागत एव सम्मान कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्र बलियो बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका हुन ।

मन्त्री लेखकले स्थानीय तहबाट प्रदान हुने सेवा प्रभावकारी रुपमा प्रवाह भए नागरिक समेत लोकतन्त्रप्रति झन विश्वस्त हुने भएकाले स्थानीय सरकार लोकतन्त्र बलियो बनाउन सकृय हुनुपर्नेमा जोडदिए । ‘स्थानीय सरकार जनताको पहिलो सरकार हो, घर आँगनको सरकार पनि हो, ‘उनले भने, ‘जनताका आधारभूत आवश्यकता दिनानुदिन सरकारसंग जोडिएका हुन्छन ।’

मन्त्री लेखकले जनतालाई सुशासनको अनुभूत दिनुभयो, सेवा सरल दिनुभयो, मानिसलाई हाँसीखुसी सेवा दिनुभयो भने, मान्छे त्यसै खुसी हुन्छन । हाँसेर सेवा दिदा आधा समस्या त्यसै समाधान हुने बताए । ‘कार्यालयमा आउने जनताको चार दिन लगाएर काम गरिदिनुभयो, रिसाएर दिनुभयो भने, थप नागरिक तपाईप्रति असन्तुष्ट हुन्छ, ‘उनले भने, ‘जनतालाई सबैभन्दा माथि राखेर सेवा दिनुहोला ।’

मुलुकमा आर्थिक उन्नती गर्नका लागि सरकार लागि परेको गृहमन्त्रीको भनाई छ । गृहमन्त्री लेखकले देशैभरी भयाभहका रुपमा देखिएका सबैभन्दा लागु औषधको प्रयोगले किशोर, युवा ध्वस्त भईरहेको भन्दै लागु औषधको दुव्र्यसनी रोकथामका लागि स्थानीय सरकारले ततारुकता देखाउनुपर्ने बताए ।

‘लागु औषधको प्रयोगले केटाकेटी छोराछोरी सेवनले समाजमा धेरै नोक्सानी गरिदियो, लागु औषधले दुर्घटना बढिरहेका छन, आत्महत्याका घटना बढिरहेका छन, ‘मन्त्री लेखकले भने, ‘लागु औषध नियन्त्रण गर्न जरुरी छ । पालिकाले समेत गर्नुपर्छ, हामीले पनि गर्ने नै भईयो ।’

प्रतिक्रिया दिनुस