शुरेन्द्र प्रसाद जोशी ,लिपुलेक
मानचित्रका रेखाहरू बदल्दैमा,
कागजमा मनपरी सीमाहरू कोर्दैमा,
वीरहरूले लेखेको इतिहास बदलिने छैन।
लिपुलेक र लिम्पियाको नेपाली माटो,
मेची(कालीको अखण्डता बदलिने छैन।

उत्तरमा हिमालको त्यो सिलसिलामा,
अडेको स्वाभिमान बदलिने छैन।
कालीको त्यो गर्जन,
अनि वहाव बदलिने छैन।

पवित्र मानसरोवर यात्रा पथ,
पथिकको त्यो यात्रा,
यात्रीको त्यो सदावहार गन्तब्य,
त्यसको रक्षा गर्ने हाम्रो सपना बदलिने छैन।

सृष्टि रहेसम्म,
लिपुलेक र लिम्पिया नेपालमै छन।
पुर्खाहरूले पौरखले आर्जेको,
वीरताले कोरेको,
सीमा बदलिने छैन।
यो धरती प्रतिको हाम्रो प्रेम,
मेची(कालीको अखण्डता बदलिने छैन।

प्रतिक्रिया दिनुस