धनसिह धामी
कञ्चनपुर । आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । दलित , विपन्न गरिब समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका छन ।
जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम गर्छु, वडाको भ्रष्टाचारदेखि सार्वजनिक सरकारी अतिक्रमित सरकारी जमिन खाली गराउँछु । वडामा देखिएको डुवान, सिँचाई, बेरोजारी, जनतालाई जमिनको मालिक बनाउँछु । खानेपानी, सडक, विद्यालय सुधार, खानेपानीको विस्तार गर्छु, एकल महिला, दलित, जनजाती विपन्न समुदायलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्छु ।
वडामा नवराज शिशु जन्मिने वित्तिकै एक हजार प्रोत्साहत भत्ता दिन्छु । निःशुल्क एम्बुलेन्स सेवा, शव बहानको सुविधा बनाउँछु । मुक्त छुट हलिया, कमैयाको पुर्नस्थापना गर्छु, विपन्न एव जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षादेखिका परम्परागत सीपलाई आधुनिकरीकरण गर्दै व्यवसायीकता विकास गर्छु । मलाई र मेरो पाटीलाई आम मतदाताले रुचाईसकेका छन । पाटीको सुशासन र दीगो विकास सम्बृद्धिको एजेण्डामा जनता उत्साहित छन ।