धनसिह धामी
आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । युवा राजनीतिमा होमिएका जितेन्द्र बहादुर चन्द नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन । उनले पछिल्ला बर्षहरुमा युवाहरु स्वदेशमा रोजगारी छैन भनेर विदेश पलायन हुने अवस्था सृजना भएको छ । हाम्रो वडा एकातिर बजारीकरण अर्कातिर कृषिमा पनि सम्भावना बोकेको छ, राजमार्ग क्षेत्रमा बजारीकण, उत्तरमा कृषि विकास कार्यक्रम गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगारमैत्रै वडा बनाउँछु । प्रशासनिक कामकाज सेवा प्रवाह चुस्तदुरुस्त बनाउँछु, एक टोलमा एक उत्पादन अभियान अघि बढाउँछु, युवादेखि आमा सबैलाई कृषि समुहमा जोडछु, स्थानीय उत्पादन प्रर्बद्धन गर्छु, कृषि, पशुपालनका कार्यक्रमलाई युवामुखी बनाउँछु, वाढीको समस्या हटाउछु, सडक स्तरोन्नती गर्छु, लागु पदार्थको दुव्र्यसनी हटाउँछु, खानेपानी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, छाडा पशु चौपाया नियन्त्रण, विद्युतका समस्या लगायतका समग्र वडामा देखिएका समस्या समाधान गर्दै वडालाई स्वरोजगारमैत्री वडा बनाएर वडाबासीलाई स्वदेशमै आत्मनिर्भर बन्ने कार्यक्रम लागु गर्छु ।’