कञ्चनपुर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा जिवन बोहरा चयन भएका छन । सोमबार अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला भेलाबाट बोहराको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटि विस्तार गरेको जनाईएको छ । अखिल क्रान्तिकारी सुप प्रंदेशका इन्चार्ज सुरेन्द्र धानुकले जिल्लाबाट नयाँ कमिटि विस्तार गरिएको बताए । उनका अनुसार अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथको अध्यक्षतामा भएको भेलामा नेकपा बहुमत सुप प्रदेशका इन्चार्ज देवीदत्त पाण्डेय, जिल्ला इन्चार्ज हरिस दयाल सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बहुमत निकट अखिल क्रान्तिकारीले जिल्लाको शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिनुपर्नेमा जोडदिईएको छ ।

 

 

 

प्रतिक्रिया दिनुस