कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्षका लागि १६ मंसिरमा हुने निर्वाचनमा साना ठुला गरेर १० राजनीतिक दल चुनावमा होमिएका छन । विभिन्न नयाँ पुराना गरेर १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । उनीहरुले २ मंसिरमा उम्मेदवारी दर्ता गराएरसंगै चुनावी एजेण्डा लिएर जनताको घरदैलोसम्मै पुगिरहेका छन ।
ठुला दलहरुबाट जनअपेक्षा अनुरुप केही नभएको भन्दै साना दलहरु समेत चुनावी मैदानमा होमिएका हुन । उनीहरु ५ हजार ४३४ मतदाताहरुकै घरसम्म पुगिरहेका छन । साना पाँच राजनीतिक दलहरुले पनि पाटीका वैचारिक एजेण्डा सहित स्थानीय एजेण्डा अघि सारेका छन ।
राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट यस अघि पनि दुई पटक चुनावमा होमिएका शुशिल कुमार भट्ट, राप्रपा नेपालका दिल बहादुर धामी पहिलो पटक होमिएका छन । जनमत पाटीका तर्फबाट यादब बहादुर चन्द, नागरिक उन्मुक्ति पाटीबाट हरिष डगौरा, नेमकीपाबाट दल बहादुर बोहरा चुनावी मैदानमा होमिएका उनीहरुका चुनावी एजेण्डा यस्ता छन ।
विपदमुक्त वडा बनाउँछु : यादव बहादुर चन्द
जनमत पाटीका उम्मेदवार यादव बहादुर चन्द परिचित व्यक्ति हुन । उनी बालजागृती कलेजका संचालक समेत रहेका चन्द अहिले जनमत पाटीबाट चुनावमा होमिएका छन । चन्दले ठुला दलबाट केही नभएको भन्दै आफु चुनावमा होमिएको बताए । ‘मैले भीनपा ६ बर्षातका बेला विपद्मा पर्ने वडा हो, समान्य बर्षा हुँदा पनि यहाँ घर खेतबारी डुवान परेर जनताले सास्ती खेप्नु परेको छ, यो वडालाई विपद् मुक्त वडा बनाएर जनतालाई बचाउने काम गर्छु ।’ सडक सहितका पूर्वाधार विकास गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, युवायुवतीलाई रोजगारी, निःशुल्क एम्बुलेन्स सेवा सहित समाजिक सुरक्षा सहितका सम्बृद्धि नमुना वडा बनाउने एजेण्डा लिएर चुनावमा होमिएको छु ।
भ्रष्टाचार मुक्त वडा बनाउँछु : शुशिल कुमार भट्ट
तेस्रो पटक वडाध्यक्षका लागि दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार शुशिल कुमार भट्टले वडालाई भ्रष्टाचारमुक्त गराउने एजेण्डा अघि सारेका छन । उनले यस अघि वडा सम्हाल्ने काँग्रेस, एमालेहरुले भ्रष्टाचार गरेर वडाको बृद्धि विकास हुन नसकेको भन्दै शुरुवातमै भ्रष्टाचारबाट वडा मुक्त गराउने एजेण्डा अघि सारेका हुन । हिन्दुधर्म राजतन्त्र पुर्नस्थापना सहितका एजेण्डा अघि सार्दै वडाको विकासका लागि मैले चुनावमा मतदातासंग भोट मागिरहेको छु, जनताका स्थानीय समस्या पहिचान गर्दै समाधान गर्छु, सडक, सिँचाई, पुल पुलेसा बनाउँछु ।
जातिय, क्षेत्रीयता नभनिकनै समाजको विकास गर्छु । घर घर पुग्दै मतदातासंग मत मागेर यसरी चुनाव जितेपछि जनताको सेवा गर्छु मैले चुनाव जितेपछि कर्मचारीदेखि दलका कुनैपनि नेतालाई भ्रष्टाचार गर्न दिदैन भन्दै हिडेको छु मलाई तेस्रो पटक जनताले पत्याउने आशा लिएको छु ।
छाडा पशु चौपाया नियन्त्रण गर्छु : दिल बहादुर धामी
राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा नेपाल)का उम्मेदवार दिल बहादुर धामी पनि पहिलो पटक वडाध्यक्षको दौडमा होमिएका छन । उनले यस अघि काँग्रेस,एमाले, माओवादी, राप्रपा सबै दललाई जनताले हेरेको यस पटक राप्रपा नेपालको पालो भएको बताए । अर्को राप्रपाले पनि हिन्दुधर्म, राजतन्त्र भन्दै मत मागिरहेको छ, मत यस्तो गर्दैन, यो स्थानीय चुनाव पो हो । हाम्रो वडामा सबैभन्दा बढी छाडा पशु चौपायाको समस्या छ, उक्त समस्या समाधान गर्ने मेरो योजना छ । दुध दिदासम्म पाल्ने त्यसपछि छाडा सडकमा छाड्ने प्रवृतिले एकतिर गाई अर्कातिर किसानको खेतबारी स्वाहा भएर जनतालाई खाद्यान्न समस्या भएको छ, सकेजती म त्यही काम गर्छु । समग्र वडाको विकासका खटिनेछु ।
लागु औषध नियन्त्रण गर्छु : दल बहादुर बोहरा
पुर्व शिक्षण पेशा हुँदै अहिले कानुन व्यवसायी(अधिवक्ता) समेत रहेका दल बहादुर बोहरा पनि नेपाल मजदुर किसान पाटी(नेमकिपा)बाट चुनावमा होमिएका छन । उनले पछिल्ला दिनहरुमा समाजमा लागु औषधको बिगबिगी बढिरहेका बेला, किशोरदेखि युवासम्मै कुलतमा फसेकाले समान लागु औषधले ध्वस्त भईरहेका बेला लागु औषध मुक्त वडा बनाउने एजेण्डा अघि सारेका छन । ‘जनतालाई लागु औषधबाट बचाउन सके अन्य वडाको विकास निर्माण सम्बृद्धि पनि स्वतह त्यही अनुरुप हुन्छ, मैले लागु औषध सेवनकर्तालाई पनि कक्षा दिएर छाड्ने बनाउछु । समग्र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सिँचाई, संचार, कृषि, व्यवसाय, उद्यम लगायतका योजना अघि सारेर वडा सम्बृद्धि बनाउँछु ।
जनताका आधारभूत समस्या समाधान गर्छु : हरिष डगौरा
राष्ट्रसेवा सशस्त्र प्रहरीबाट हालै सेवानिवृत भएका हरिष डगौरा यस अघि कुनैपनि पाटीमा थिएनन्, थारु नेता रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिबाट घर आउने वित्तिकै राजनीतिमा होमिएका उनले जनताका आधारभूत थुप्रै समस्या समाधान गर्ने चुनावी एजेण्डा अघि सारेका छन । आफु सशस्त्र प्रहरीका हुँदा सानो दर्जाको भएकाले सोचे अनुरुप नीतिगत काम गर्न सकेको थिएईन, यहाँ त वडाकै नेतृत्व पाए गर्छु । पुराना दलबाट जनताले अपेक्षाकृत सेवा पाएनन, हाम्रो दलबाट म गर्छु । हाम्रो वडा वाढीप्रभावित वडापनि हो, सकेजती वाढीपीडितको समस्या समाधान गर्छु । गरिब विपन्न समुदायको शिक्षा, स्वास्थ्यका लागि पनि पहल गर्दै वडाका समस्या समाधान गर्छु ।