बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका सडक र खेलमैदान, खेल सामग्रीका हिसावले अन्य पालिका भन्दा दुर्गम पालिका हो । “बेलडाँडीका फुटबलरहरु प्रयाप्त खेलमैदान नहुदा समेत जिल्ला भर हुने फुलबल खेलको उपाधी लगातार चुमिरहेका छन् ।,

हालसालै कञ्चनपुरका विभिन्न ठाउँमा भएको खेलमा बेलडाँडीका फुटबलरहरुले उपाधी हातपार्दै आएका छन् । पुनर्वास नगरपालिका वडा नं. ६ मा सम्पन्न भएको निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता–२०८१ वडा अध्यक्ष कपको उपाधि बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला युवा समाजले चुम्यो ।

जिल्लाकै महेन्द्रनगर स्थित खुलामञ्चमा फिट २४ फिट्नेश जिम हाउसले आयोजना गरेको प्रथम खुला पेनाल्टी सुट फुटबल प्रतियोगिता २०८१ को उपाधी बेलडाँडी फुटबल एकेडेमीले चम्यो । कञ्चनपुरको महेन्द्रनगरमा रोयल गोर्खाज सर्कलको आयोजनामा कार्तिक ११ गतेदेखि सञ्चालन भएको वडाकप फुटबल प्रतियोगिता २०८१ को बिजेता बेलडाँडी १ र उपविजेता बेलडाँडी ४ बन्यो ।

यस्तै पछिल्लो समयमा जिल्ला भित्र होस या बाहिर बेलडाँडीका फुटबलहरुले खेलकुदमा बेलडाँडीको छुट्टै पहिचान बनाउन सफल भएका छन् । खेलमैदान र प्रशिक्षकको अभावका बाबजुत पनि बेलडाँडीका फुटबलरहरुले मैदानमा तुफान मचाउन थालेपछि बेलडाँडी गाउँपालिका खेलकुद प्रवद्र्धनकालागि अघि बढेको छ ।

बेलडाँडीलाई खेलाडी उत्पादनको थलो कसरी बनाउन सकिन्छ भन्ने विषयम पालिका प्रमुख हरिशचन्द्र राना लागि परेका छन् । भने रानाको योजना फेलगर्न पालिका भित्रकै केहि जिम्मेवार व्याक्ति अशिक्षा र अज्ञानताका कारण कार्यपालिकामा सवसम्मत ०८१ बैशाख १३ गतेको निर्णय नं. ९, भाद्र १७ गतेको निर्णय नं.६ र असोज ६ गते देखि घरटहरा हटाउने ५७ दिने सूचना उल्ट्याउन लागि परेका छन् ।

सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो । स्थानीय कार्यपालिकाले स्थानीय तहको शासन व्यवस्थाको सञ्चालन, निर्देशन नियन्त्रण समन्वय र श्रोत परिचालनको कार्य गर्दछ ।

संविधान र सङ्घीय कानुनको अधीनमा रही स्थानीय कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम स्थानीय कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुन्छ । नेपालको संविधान २०७२ को भाग १७ मा स्थानीय कार्यपालिकाको व्यवस्था रहेको छ । यस अन्तर्गत धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा रहने कुरा उल्लेख गरिएको छ ।

एउटा सार्वजनिक पदाधिकारी वा प्रशासकले सार्वजनिक शक्ति र स्रोत उपयोग गरी सङ्गठनलाई चलायमान बनाउन निर्णय गर्दछ । शासन, सेवा र विकासका क्रियाकलापलाई नतिजामुखी बनाउन पटक पटक निर्णय गर्नु पर्छ । निर्णय प्रशासनिक, विकासात्मक र आकस्मिक प्रकृतिका हुन्छन् । निर्णयहरू दीर्घकालीन प्रभाव पार्ने नीतिगत र दैनिक कार्य फुकाउने कार्यात्मक ‘रुटिन’ प्रकृतिका हुन्छन् ।

तर बेलडाँडीमा भने आफैलाई बरिष्ठ ठान्ने जनप्रतिनिधी पालिका प्रमुखको जनमुखी कार्य फेलगर्न ५७ दिनपछि आफैले बारम्वार गरेको निर्णय उल्ट्याउन तत्वर देखिन्छन् । बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत गौडी स्थित पूर्व नहर, पश्चिम खोला, उत्तर साविक वाटो एवं दक्षिण सामुदायिक वन तथा साविक जंगल यति चार किल्ला भित्रको जमिनमा खेल मैदान निर्माण गर्ने भनि गाउँ कार्यपालिकाको निर्णय भई सो चारकिल्ला क्षेत्रभित्र रहेका घर टहरा हटाउन हुन भनि पटक पटक सूचना जारी गरिसकेको छ ।

बेलडाँडी गाउँपालिकाले उक्त क्षेत्र भित्रका वास्तविक सुकुम्वासी, भूमिहिनका लागि छुट्टै व्यवस्था समेत गरिसकेको जनाएको छ । बेलडाँडी खेलकुद समितिका अध्यक्ष डम्बर सुनारले बेलडाँडीमा खेलकुद मैदान बन्नु सौंभाग्यको कुरा रहेको बताएका छन् ।

उनका अनुसार वास्तविक पिडितको व्यवस्थापन गरेर सरकारले छिट्रटै खेलमैदान बनाउनु पर्नेमा जोड दिएका छन् । खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास हुने हुदा खेलमैदान अति आवश्यक भएको उहाँले जनाउनु भयो ।

प्रतिक्रिया दिनुस