कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा स्तररिय सडक बन्ने भएको छ । चाँन्देवदेखि पालिकामुकामसम्म स्तरिय कालोपत्रे सडक बन्ने भएको हो । लालझाडी गाँउपालिका ६चाँन्देवदेखि पुर्वी गाँउ हुँदै २कञ्च पालिकामुकासम्म सडक बन्ने भएको जनाईएको छ ।

बुधबार काठमाण्डौँमा एक कार्यक्रमका विच उक्त सडक निर्माणका लागि सम्झौता भएको छ । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, केन्द्रीय कार्यक्रम समन्वय इकाई मार्फत संचालित हुने उक्त योजना कार्यान्वयनका लागि सम्झौता भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत सार्कीका अनुसार १३.६किलोमिटर सडक बन्ने भएको छ । उक्त सम्झौता पत्रमा लालझाडी गाँउपालिका प्रमुख निर्मल राना प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर सहित पत्र आदानप्रदान गरेका छन ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिह, सुप प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल सहितका सरोकारवालाको उपस्थितिमा सहमती भएको छ । चाँन्देवदेखि कञ्चसम्म उक्त सडक स्तरिय कालोपत्रे बनेपछि नागरिक सहित पालिकाले विकासको आयाम थप्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुस