कञ्चनपुर । आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६मा वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि दुई स्वतन्त्रका उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन । स्वतन्त्रबाट युवाद्वय थानेश्वर लेखक र युवराज चन्द चुनावी मैदानमा होमिएका हुन । लेखकले खाना पकाउने ग्याँस सिलिण्डर र चन्दले दुई हात मिलाएको चुनाव चिन्ह पाएका छन । चुनाव चिन्ह पाएपछि उनीहरु चुनावी मैदानमा मत माग्न मतदाताका घरदैलोमा गईरहेका छन ।

लेखकले ‘नयाँलाई मौका हुँदैन धोका, राम्रा भन्दा पनि हाम्रा मान्छे’ नारा अघि सारेर चुनाव मैदानमा होमिएका छन । भने, चन्दले चुनावमा राजनीतिक दलले जनतालाई धोका दिएकाले आफु चुनावी मैदानमा होमिएको बताएका छन । ४२ बर्षिया लेखक पुर्व नेपाल पर्यटन बोर्डका जागिरे युवा हुन, भने चन्द मासु व्यवसायी हुन । उनीहरुले आ–आफ्ना यस्ता एजेण्डा अघि सारेर चुनावमा होमिएका छन ।

म वडालाई पूर्ण सरसफाई गर्छु ः लेखक

स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले राजनीतिक दलहरुबाट जनता ढिक्क भएकाले आफु स्वतन्त्र उम्मेदवार बनेर जनताको प्रतिनिधी हुन चाहेको बताए । ‘मैले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, पाटी स्वतन्त्र सबैलाई हेरे तर कसैबाट पनि जनताका सानादेखि ठुला केही समस्या समाधान भएनन्, स्थानीय चुनावमा दल भन्दा स्वतन्त्र भएर काम गर्न सकिन्छ, जनताका सबै समस्या समाधान गर्न सकिदो रहेछ, भन्ने प्रणका साथ म चुनावी मैदानमा होमिएको छु ।

आफु विगतमा पर्यटन बोर्डमा जागिर भएको तर, कोरोना कालपछि त्यहाँ जिम्मेबारीबाट मुक्त गरियो, बैदेशिक रोजगारी लागि विदेश जान खोजेको थिए, विदेश गएर पनि गाँउका समस्या उस्तै देखे, मैले ति समस्या दलका जनप्रतिनिधीमा समाधान होलान देखिन, त्यही भएर म चुनावमा होमिएको छु ।’

भ्रष्टाचार, बेथिति अन्त्य गर्दै वडालाई सफासुगर चिटिक्क बनाउने मेरो सकल्प छ । वडाका समग्र समस्या समाधान गर्दै वडाको दीगो विकास र सम्बृद्धिका लागि खटिनेछु । वडामा रहेका अव्यस्थित विद्युतका पोल उचित व्यवस्थापन, अवैध सरचना हटाउने, सडक विस्तार, कृषि तालिम, एसईई परीक्षमा सहभागि विद्यार्थीलाई निःशुल्क स्वाथ्य परीक्षण, जुवातास नियन्त्रण, बालबालिकालाई घरमै खोप, एम्बुलेन्स सेवा विस्तार, धार्मिक पर्यटन विकास गर्छु ।

वडामा देखिएका लागु औषध विकृती रोक्छु ः चन्द

अहिलेसम्म आफु कुनैपनि राजनीतिक दलमा आबद्ध नभएको, सदस्यता नलिएको बताउदै स्वतन्त्र उम्मेदवार युवराज चन्दले भीनपा ६ लागु औषध, बिसङगती, विकृतीका भरिभराउ भएकाले आफुले जिते लागु औषध नियन्त्रण गर्दै किशोर, किशोरी, युवा, युवतीलाई लागु औषधबाट मुक्त गराउने बताए ।

‘समाजका लागि चाहिने जनशक्ति अहिले कुलतमा फस्दै गएको छ, कसरी युवा बताउने सकैलाई पनि चिन्ता, छैन, दलहरुबाट जित्ने उम्मेदवारले यस्ता कामै गर्न सक्दैन, त्यही भएर म स्वतन्त्र रुपमा चुनावमा होमिएको छु । सबै राजनीतिक दलले युवा जनशक्ति परिचालन गरेका छन । हामीलाई यि दलहरुको कहिलेसम्म प्रयोग गर्छन, थाहा छैन ।

आजको आवश्यकता भनेको युवाकै हो, हामी किन दलको पछि लाग्ने भन्दै म स्वतन्त्र भएर चुनावमा होमिएको छु । राजनीतिकले दलिय भागबण्डा गरेर चुनावमा होमिने यस्ताबाट चुनाव जितेर पनि केही नहुने भएका नागरिकका समस्या उस्तै छन । वडामा देखिएका सबै समस्या समाधान गर्दै नागरिकलाई सुविधा दिलाउँछु । चन्दले युवा विदेश पलायन रोक्नेदेखि दलको अधिनायकबाट युवाशक्ति मुक्त गराउन मेरो उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुस