महेन्द्रनगर । कञ्चनपुरको बेलौरीदेखि डोकेबजार जोड्ने हुलाकी सडकमा यातायात पुन ः सञ्चालनमा आएको छ । लक्ष्मी स्विट्सबाट रिछहाको कृष्ण मन्दिरसम्म सडक कालोपत्रको माग गर्दै स्थानीयले मंगलबार बिहान देखि तौला राना चोकमा सडक अबरुद्ध गरेका थिए । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पहलमा दिउसो करिब २ बजेतिर सडक खुलेको हो ।
स्थानीयले तौला राना चोक नजिक सडकमा ट्याक्टरका ट्राली राखेर बाटो अबरुद्ध गरेका थिए । उनीहरुले करिब ७ वर्षदेखि लक्ष्मी स्विट्सबाट रिछाहासम्मको सडक अलपत्र पारेर निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएको बताए । स्थानीयले सडक अबरुद्ध गरेको जानकारी पाएपछि पूर्व मुख्यमन्त्री रावलले उक्त सडक खुलाउन पहल गरेका हुन ।
पूर्व मुख्यमन्त्री रावल काम बिशेषले महेन्द्रनगरबाट सामादैजी हुँदै हुलाकी सडक भएर बेलौरी पुगेका थिए । त्यसै क्रममा सडक अबरुद्ध भएको जानकारी पछि घटनास्थल पुगे । रावलले आन्दोलनकारी हरुकै माझबाट ठेकेदार हरिहर पन्त, बेलौरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद दिवान सिंह बिष्ट, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव र बेलौरी नगरपालिकाका उप मेयर जोगराम चौधरीलगायतसँग टेलिफोनमा कुरा गरेका थिए ।
‘तपाईँ समय सीमा तोक्नुस्, जनतालाई नझुक्याउनुस्, कति दिनमा काम सुरु हुन्छ,’ रावलले ठेकेदार पन्तलाई फोनमा भने । ठेकेदार पन्तले तीन दिन भित्रै काम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । उपमेयर चौधरीले त्यतिन्जेल सम्म सडकमा पानी छर्किने बचनबद्धता जाहेर गरे । उनले नगरपालिकाले भोलि नै ठेकेदारलाई झिकाएर छलफल चलाउने बताए ।
स्थानीयका अनुसार निर्माण कम्पनीले लामो समय देखि कालोपत्रको काम नथाल्दा धुलोले जनजीवन प्रभावित हुँदै आएको छ । खाल्डाखुल्डीले गर्दा दुर्घटना बढेका छन् । अन्यत्र कालोपत्र भइसक्दा पनि बेलौरी बजारकै मुख्य क्षेत्रमा काम नभएको स्थानीय अनिता बडालले बताइन । ‘हामीले यसअघि पनि सडक अबरुद्ध गरी आन्दोलन ग¥यौं,’ उनले भनिन्, ‘आश्वासन पाएपनि काम भएन ।
फेरी तीन दिन हेछौं, काम नभए वार वा पारको आन्दोलन गछौं ।’ मंसिर ९ गते पनि स्थानीयले विरोध गर्दा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, स्थानीय प्रशासन र निर्माण कम्पनी बीच छलफल भएको थियो ।
त्यसबेला पनि निर्माण कम्पनीले सडक कालोपत्रको काम तीन दिन भित्र सुरु गर्ने सहमति गरेको थियो । सहमति अनुरुप काम नभएपछि स्थानीय पुनः आन्दोलित भएका हुन । आफूले सबै पक्षसँग समन्वय गरी तीन दिन भित्र सडक कालोपत्रको काम गराउने पूर्व मुख्यमन्त्री रावलको आश्वासन पछि स्थानीयले अबरुद्ध सडक खोलेका थिए ।