कञ्चनपुर । नेपाली काँग्रेस निकट नेपाल थारु संघ कञ्चनपुरको क्षेत्र नम्बर १ को अध्यक्षमा शिवनाथ राना(रानाशिव) लाई मनोनयन गरीएको छ । मंगलबार नेपाल थारु संघको संगठन विस्तार गरी क्षेत्र नम्बर १ को अध्यक्षमा रानालाई मनोनयन गरिएको हो ।
क्षेत्रीय अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने गरी कञ्चनपुर जिल्ला क्षेत्र न.१ का क्षेत्रीय अध्यक्षमा शिवनाथ रानालाई मनोनय गरीएको छ । क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति, क्षेत्र न. १ (क) प्रदेश कार्यसमिति र क्षेत्र न.१ (ख) प्रदेश कार्यसमिति, पालिका, सम्पूर्ण वार्डहरुको अधिवेशन जिल्लाले तोकिएकै समयमा गर्न गराउन नेपाल थारु संघ कञ्चनपुर जिल्ला कार्य समितिले जिम्मेवारी तोकिएको जनाएको छ । सोही बमोजिम गर्नु गराउन निर्देशन दिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कंचनपुरका अध्यक्ष डा. फुल राम चौधरीले उनलाई नियुक्त गरेको जनाएको छ ।