कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट र उनकी श्रीमती महेन्द्रनगर माविकी शिक्षिका जयन्ती भट्टविचको कुटपिट घटनामा उपप्राध्यापक पृथ्वीराज भट्ट परिवारले प्रकासित समाचारप्रति आपत्ती प्रकट गरेको छ । १५ मंसिरमा सुपविका उपप्राध्याक भट्टले श्रीमती जयन्ती कुटपिट गरेर घाईते बनाई निजको उपचार सेती प्रादेशिक अस्पतालमा भएको समाचार प्रकासित भएपछि पृथ्वी परिवारले आपत्ती जनाएका छन ।
पृथ्वी प्रहरी हिरासत जानु अघि परिवारलाई दिएको धारणा अनुरुप निजका बाबु चक्रदेव भट्टले अपिल जारी गर्दै श्रीमती श्रीमतीविच झै झगडाको विषयमा सार्वजनिक गरेका छन ।
पृथ्वीका बाबु चक्र्रदेव भट्टले हस्ताक्षर गरेको अपिल पत्रमा १५ मंसिरमा दिउँसो तिर घरमा टाईल मार्बल लगाउने काम चलिरहेकाले आफुले अतिकति काम ग¥यो बाहिर जाँदैछु, अब मिति आईसक्यो घरको काम हेर्नु भन्दा अनाहकमा निजीले बखेडा झिकेर तिम्रो घरमो मलाई वास्ता छैन, आफै गर्नु भन्दा मैलेर तिम्रो पनि दायित्व हो मेरो मात्रै हो र भनि कुरा गरि नसक्दै निज आवेशमा आई कर्सुी उठाई मलजाई कुटपिट गर्न आउँदा मेरै घरमा आएका भाउजु मानमती भट्टले बचाउ गर्दाको अवस्थामा भाउजुको चुरा टुटी निजी जयन्तीको टाउकोमा लाग्न गई भएको सानो घाउलाई बढाई चढाई मेरा नाम नाममा प्रहरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दिएपछि आफु प्रहरी हिरासतमा पुगेको जनाएका छन ।
‘निजले मलाई माननसिक र शारिरिक रुपमा तमाम घटना गरी मलाई यातना दिएको कुरा मैले कहि कतै उल्लेख गरेको छैन, निजकले पटक पटक मलाई घाउ खत नै हुने गरी कुटपिट गरेको मेरो सम्वेदनशिल अंगहरुमा लात्ताले प्रहार गरी मलाई बेहोस बनाई मरणासन्न हुने गरी कुटपिट गर्दा पनि दुवैको बेईज्जती हुन्छ, भनी सहि बसेको हुँ, ‘उक्त अपिल पत्रमा उल्लेख गरिएको छ, ‘तर निज श्रीमतीले मलाई नै कुटन आउँदा भाउजुको चुरा फुटी लाग्न गएको समान्य घाउको फोटो लिई बढाई चढाई प्रमाण संकलन गर्ने काम गरेको ।’ उपप्राध्यापक भट्टले आफ्ना बिरुद्धमा राज्यको चौथो अंगकका रुपमा रहेको सत्यतथ्य पत्ता लगाई जनतालाई सुसुचित गराउने जिम्मा लिएको भए पनि म र मेरा परिवारसंग नबुझि एकतर्फ मात्रै श्रीमती कुटपिटको घटना मात्रै समाचार आएको भन्दै दुख व्यक्त गरेका छन ।
उद्यपी उक्त घटनाको विषयमा माईती पक्ष मिडियामा आएपछि कञ्चनपुरका मिडियाकर्मीले घटना बारे जिल्ला प्रहरी कार्यालयसंग बुझेपछि उपप्राध्यापक भट्टको पनि धारणा राख्नका लागि उनकै मोवाईलमा सम्पर्क गर्दा स्वीचअफ गरेका थिए । उक्त अपिल पत्रमा उपप्राध्यापक भट्टले श्रीमती जयन्ती र आफ्ना विचमा विवादको मुख्य कारण निजले आफुप्रति गरेको नकारात्मक व्यवहार दृष्ट्रिकोण भएको जनाएका छन ।
‘निजले मलाई औपचारिक रुपमा मात्रै पतिको रुपमा ूवीकार गर्ने र औपचारिक रुपमा नजिक आउन नदिने श्रीमती श्रीमती विचमा हुने प्राकृतिक सम्बन्धबाट बञ्चित गर्ने कारणबाट म हाल डिप्रेसनमा छु, ‘उक्त अपिल पत्रमा उल्लेख गरिएको छ, ‘ मैले निजसंग शारिरिक सम्बन्ध राख्न खोज्ला मलार्ई अश्लिल शब्द प्रयोग गरी यो सम्बन्ध आफ्नो आमाबहिनीसंग राख्न भन्ने तर मेरो बेर्ईज्जती गर्दा समेत मैले सहन गरी नजिका नजिक जान खोज्दा मलाई लात्ता मुक्काले प्रहार गर्ने, शरिरिमा थुक्ने, जस्ता असहनिय याता दिने नाबालक छोरालाई समेत भेट्न नदिइने कारणबाट निज र मेरा विचमा विवाद रहने हो ।’
उपप्राध्यापक भट्टले आफ्नो जिवनभरको कमाई र आमाबाबुको कमार्इै पनि एकमुष्ट जग्जा खरिद गरी घर बनाई निजकै नाममा दर्ता गराएको जनाउँदै सम्बन्ध सुधार गर्नका निमित्त हुदैसम्मको लचिलो भई निजका पक्षमा रहदा पनि आफुसंग निहँ खोजी मलाई बाध्यपारी आफन्तलाई मेरो २ बर्षसम्म घरमा बस्न नपाउने गरी डराई धम्काई कागज गराएको समेत आरोप लगाएका छन ।
श्रीमान श्रीमतीविच कटुपिट घटनाबाट घाईते भई उपचारार्थ हुँदा जयन्तीको धारणा भने बुझन् बाँकी रहेको अवस्थामा माईती पक्षले यसर्थ माईती पक्षले पटक पटक कुटपिट गरेर प्रहरी कार्यालय माईती पक्षमा मिलापत्र गराएको जनाएका छन । उक्त घटनामा भने विभिन्न अधिकारकर्मी, विद्यार्थी संघ संगठन, शिक्षक, शिक्षक महासंघले सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उपप्राध्यापक भट्ट बिरुद्धमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।