कञ्चनपुर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले पटक पटक श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालय विद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट निष्कासन गर्नुपर्ने माग अघि सारेको छ ।

बहुमत निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्विद्यालय कमिटिले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पटक पटक श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालय विद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट निष्कासन गर्नुपर्ने माग अघि सारेको हो ।

प्राध्यापक जस्तो जिम्मेबार व्यक्तिबाट मदिरा सेवन गरेर गरेर श्रीमतीलाई मरणान्न हुने गरेर कुटपिट गरेको घटना निन्दनिय भएको समेत क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारी सुप विश्वविद्यालयका इन्चार्ज प्रकास भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा भट्टको ईतिहास हेर्दा पटक पटक रक्सी सेवन गरी कुटपिट गर्दै प्रहरीमा मिलापत्र गर्दै गरेको पैशाको बलमा मुद्दा बनाउँदै आएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषि उपर कार्बाही नभए आन्दोलनको चेतावनी दिएका छन । माईती पक्षले ज्यान उद्योगमा दिएको उजुरीका आधारमा उपप्राध्यापक भट्ट प्रहरी हिरासतमा छन । उनीमाथि अनुसन्धान भईरहेको छ ।

यस अघि पनि विभिन्न विद्यार्थी संघ संगठन, अधिकारकर्मी, शिक्षक, विद्यालय सहितले कार्बाहीको माग अघि सारेका छन । हिरासत जानु अघि उपप्राध्यापक भट्टले अपिल लेख्दै घरयायी श्रीमान श्रीमती विच विवाद हुँदा भाउजुको चुरा फुटेर टाउकोमा चोट लागेको र आफुले नकुटेको जनाएका छन ।

यस अघि वडा, जिल्ला प्रहरीमा श्रीमती कुटपिटमा मिलापत्र गराएका भट्ट बिरुद्धमा स्वयम उनी कार्यालय विश्वविद्यालयबाट समेत आवाज उठन थालेको छ ।

प्रतिक्रिया दिनुस