कञ्चनपुर । कञ्चनपुरको बेलौरीका विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको छ । स्थानीय बेलौरी नगरपालिका सरकारले विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको हो ।

प्राविधिक शिक्षामा गरिब, विपन्न समुदायका विद्यार्थीको पहुँच बृद्धिका लागि तालिम संचालन गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । शनिबारदेखि कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको हो ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले तालिमको उद्घाटन गर्दै विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क तालिम संचालन गर्न लागिएको बताए । मेयर चौधरीका अनुसार कमलहरी, शहिद तथा वेपत्ता परिवार,आरक्षपीडित, आदिवासी जनजाती, दलित गरिब, जेहेन्दार तथा अति विपन्न विद्यार्थीका लागि तालिम दुई कोर्षमा तालिम संचालन गरिएको बताए ।

मेयर चौधरीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक ज्ञानमा प्रंयोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । ५० विद्यार्थीलाई उक्त कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको मेयर चौधरीले बताए ।

यस अघि पनि बेलौरी नगरपालिकाले गरिब, विपन्न समुदायका विपन्न विद्यार्थीका लागि छात्रबृतिदेखिका सीपमुलक तालिम संचालन गर्दै आएको छ । उद्घाटन कार्यक्रममा बेलौरीका मेयर पोतिलाल चौधरी, ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त तालिमको प्राविधिक सहयोग राज कम्प्युटर रहेको छ । निःशुल्क तालिम पाएपछि बेलौरीका विपन्न समुदायका विद्यार्थी हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस