कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेको छ । भीमदत्त नगरपालिका न्याय समितिले वडाका मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेको हो ।

आइतबार एक कार्यक्रमका विच मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरका उपप्रमुख एव न्याय समिति सदस्य निलम लेखकले नगरका सबै वडा मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरिएको बताईन । ‘हामीले गत बर्ष १ देखि ५ वडाका मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेका थियौँ, ‘उपप्रमुख लेखकले भनिन, ‘गत बर्ष छुटेका ६ देखि १९ वडाका सबै मेलमिलाप केन्द्रलाई फर्निचर वितरण गरेका छौँ ।’ उपप्रमुख लेखकका अनुसार प्रति एक थान दराज, ३ कुर्सी र १ थान टेबुल वितरण गरेका छन । ‘वडा स्तरबाट पालिका न्याय समितिमा आउने विवाद उतै वडाबाटै निरुपणका लागि हामीले मेलमिलाप केन्दलाई पनि स्रोत साधन सम्पन्न गर्न खोजेका हौँ, ‘उनले भनिन, ‘मेलमिलाप केन्द्रका सहजकर्ताहरुलाई हामीले पहिल्यै विवाद निरुपणका लागि तालिम दिईसकेका थियौँ ।’ भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले न्याय समितिकै योजना अनुरुप वडामा स्रोत साधन वितरण गरेको बताए । ‘वडाका विवाद वडाबाटै समाधान गर्न भीमदत्त नगरपालिकाले खोजेको छ, ‘उनले भने, ‘समान्य विवाद वडाबाटै जटिल प्रकृतिका न्याय समितिबाट निरुपण हुन्छन ।’ वडाका मेलमिलाप केन्द्रले फर्निचर सहितका समाग्री पाएसंगै वाद विवाद निरुपणमा सहज हुने बताएका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रलाई समाग्री वितरण गरेपछि कामकाजमा सहज हुने बताए ।

प्रतिक्रिया दिनुस