कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले महेन्द्रनगर माविकी शिक्षिका समेत रहेकी श्रीमती जयन्ती भट्ट कुटपिट प्रकरण अघि पनि कुटपिट झै झगडा अनौठा मिलापत्र भएको घटना सार्वजनिक हुन लागेका छन । विश्वविद्यालय जस्तो गरिमाय प्राज्ञिक क्षेत्रमा कार्यरत प्राध्यापक र शिक्षिकका भट्टविच आपसी बेमेल हुँदा पृथ्वीले जयन्तीमाथि कुटपिट गर्ने अनि प्रहरीमा गएका कागज बनाएर माफि माग्दै आएका हुन । प्रहरी मात्रै नभई उनीहरुको झै झगडा कानुन व्यवसायीलाई समेत ल्याएर माईती र पोईली दुवै पक्ष एक आपसमा बसेर विवाद निरुपण गरेको पाईन्छ ।

१५ मंसिरमा पृथ्वीले श्रीमती कुटपिट गरेको घटना बाहिरिएसंगै दुवै पक्षविच पक्ष विपक्षमा आरोप प्रंत्यारोप चलिरहेकै बेला पृथ्वीले जयन्तीलाई कुटपिट गरेको विषयमा दुवै पक्ष बसेर मिलापत्र गरेको पाईन्छ । उक्त मिलापत्र यस्तो उल्लेख गरेको छ । ०७२ फागुनमा विवाह भई पारिवारिक रुपमा एक छोरा एक छोरी सहित जिवन यापन गर्दै आएकोमा केही बर्षदेखि श्रीमती श्रीमती विच कलह झै झगडा भएको जनाईएको छ ।

त्यसको परिमाण घरेलु हिन्सा हुँदै भविष्यमा विकराल रुपमा परिणत नहोस भनि घर र माईतीतिरका समाजिक क्षेत्रमा भद्र भलादमीको उपस्थितिमा आजउपरान्त सुधार नआउन्जेलसम्म कम्तिमा दुई बर्षसिम्म श्रीमान र श्रीमती अलग अलग बस्ने, एक आपसमा फोन, दवाव समाजिक सञ्जालबाट कुनै आरोप प्रत्यारोप नगरी भविष्यमा पारिवापरक दिनमा सुखयम हुने आशका साथ सहमती गरेको जनाईएको छ ।

माईती पोईली पक्षविच भएको समझदारी अक्षरस पालना गर्ने सहमती तोडिएको खण्डमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको प्रतिज्ञा सहित सहिछाप गरेको पाईन्छ । ६बुँदे सहमती पत्रमा पहिलो पक्ष श्रीमान पृथ्वीराज भट्ट र दोस्रो पक्ष श्रीमती जयन्तीलाई उल्लेख गरिएको छ ।

विवाह पश्चात पहिलो पक्ष अर्थात श्रीमान पृथ्वीराज भट्टले लार्पबाही, मध्यपान सेवन र त्यसबाट उत्पन्न परिस्थिका कारण दोस्रो पक्ष श्रीमती जयन्तीलाई पटक पटक धम्की, गालीगलैज, कुटपिट भईरहेकाले आजका मितिबाट दुई बर्षसम्म सुधार नहुन्जेलसम्म कमितमा दुई बर्ष घर बाहिर बस्ने सम्झौता गरेका छन ।

भीनपा ४ सुभकामना टोलमा रहेको घर जमिन जयन्तीका नममा भएपनि सञ्चयकोष लगायतका बैंैकिङ्ग बर्जा भएकाले मासिक नियमित किस्ता पृथ्वीराजले तिर्ने र घर खर्च जयन्तीले चलाउने त्यसको हिसाब मासिक रुपमा पृथ्वीका बाबु चक्र्रदेव भट्टलाई जानकारी गराउनुपर्ने, आजैका मितिबाट श्रीमान र श्रीमती पक्षविच विगतका बर्षहरुको जस्तो झै झगडा, फोन, सम्र्पक, समाजिक सञ्जालमा एक अर्कोलाई आरोप प्रत्यारोप नगर्ने, सहमती गरिएको दुर्ई बर्ष सुधारका लागि रहेकोले स्व समिक्षा गरी यो अवधिलाई सुधारको स्वीर्णम रुपमा प्रयोग उपयोग गर्ने, जयन्तीले सासु, ससुरा, छोराछोरीको पालनका साथै भीनपा ४सुभकामना टोलकै घरमा बस्ने आफ्नो जागिर नियमित गर्ने र श्रीमानले दुई बर्ष स्थायीय रुपमा अलग बस्ने आफ्नो जागिर नियमित गर्ने र अन्तिममा समयम समयमा छोरा छोरीको हेरचाह अभिभावकत्व बहन पठन पाठनकोसहयोग श्रीमान पक्षले गर्न सक्ने तर छोराछोरीको मासिक असर पर्ने कुनैपनि गतिबिधी दुवै (श्रीमान,श्रीमती)ले नगर्ने सहमती गरेका छन ।

उक्त सहमती पत्रमा लेखा साँक्षी महेश दत्त भट्ट र माईती, पोईली सहतका समाजिक भ्रद भलादमीले हस्ताक्षर एव श्रीमान श्रीमतीले हस्ताक्षर सहित औठाछाप गरेका छन । यस्तो सहमतीदेखि प्रहरीमा समेत माफि माग्दै कागज गरेपनि पृथ्वीले फेरीपनि जयन्तीमाथि मरणाशन्न हुने गरेर कुटपिट गरेको भन्दै माईती पक्षले जनाएको छ ।

भने, पृथ्वी पक्षले दवावमा गरिएको सहमती भनिरहेका छन । उक्त सम्झौतामा पृथ्वी पक्षले यहाँ पुरुष पीडित रहेको दावि गर्दै दवावमा सहमती गराएको धारणा राखिरहेका छन । श्रीमानले घरमा समेत बस्न नपाउने, श्रीमतीबाट दुई बर्षका लागि अलगै बस्ने सम्झौतामा माईती पक्षकै दवाव भनिरहेका छन । यद्यपी माईती पक्षले जयन्तीमाथि कुटपिट रोक्न, सुधारका लागि यस्तो सहमती गरेको जनाईरहेका छन ।

१५ मसिरमा भएको घटनामा समेत माईती पक्षले कुटपिट गर्दै महाकाली अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पतालमा गरेको जनाएका छन, भने पृथ्वी पक्षले आवसी विवाद हुँदा भाउजुको चुरा फुटेर जयन्तीको टाउमा चोट लागेर रगत आएको दावि गरिरहेको छ । श्रीमती कुटपिटको आरोपमा उपप्राध्यापक अहिले प्रहरी हिरासतमा छन ।

माईती पक्षले पृथ्वी बिरुद्ध ज्यान उद्योगमा मुद्दा दर्ता गरेका थिए । यसरी श्रीमती कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सार्दै विद्यालय, शिक्षक, विद्यार्थी, महिला संघ संगठन एव महिला मानव अधिकारकर्मीले प्रहरी प्रशासनमा दवाव दिईरहेका छन । पढाउने शिक्षक यसरी श्रीमती कुटपिटको आरोपमा प्रहरी हिरासतमा भएपछि विद्यार्थी समेत पढाईबाट बञ्चित भएका छन ।

प्रतिक्रिया दिनुस