कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रमा बस्दै आएका सुकुमबासी जनताको व्यवस्थापनको माग अघि सारेको छ । माओवादी केन्द्र भीमदत्त नगर कमिटिले सालघारी क्षेत्रका सुकुमबासी जनताको यथाशिघ्र व्यवस्थापनको माग अघि सारेको हो ।
सोमबार माओवादी केन्द्र भीमदत्त नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत लामो समयदेखि टहरा बनाई निकै कष्टर जिवन विताउँदै आएका वास्तविक भूमिहिन, सुकुमबासी, श्रमिक मजदुरको बास स्थानको सुनिश्चितता गर्नुको विकल्प नभएको जनाएको छ । माओवादी केन्द्रले सुकुमबासीको उचित बासस्थापनको सुनिश्चितता गर्दै महेन्द्रनगर नगर विकास समितिले जारी गरेको घर टहरा भत्काउने सुचनाप्रति समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
संविधानको धारा ३७मा आवासको व्यवस्थालाई मौलिक हककै रुपमा रहेको भूमिहिन सुकुमबासी श्रमिक मजदुरको आवासको उचित व्यवस्था गर्ने सम्वैधानिक ग्यारेन्टीका साथै विभिन्न समयमा सरकारले गठन गरेका आयोगले आवश्यक छानबिन गरी निस्सा तथा सुकुमबासी परिचयपत्र समेत वितरण गरी सकेको र राजनैतिक दलहरुले समेत सुकुमबासी समस्या समधान गर्ने प्रतिबद्धता बिरुद्धमा भीमदत्त नगरपालिका र नगर विकास समितिले भूमिहिन सुकुमबासी श्रमिक मजदुरका वस्तीमा डोजर आकङ मच्चार्इै विस्थापित गर्ने घरबार बिहिन बनाउने षड्यन्त्र तत्तकाल बन्द गर्न समेत आपिल गरिएको छ ।
नेकपा माअोवादी केन्द्र भीमदत्त नगरका इन्चार्ज लोकराज जोशी र अध्यक्ष अशोक चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा वास्तविक भूमिहिन सुकुमबासीको तथ्याङ्क संकलन गरी बसोबार गरेकै ठाँउमा सुरक्षित न्यायपुर्ण तरिकाले भूमि वितरण गर्दै नागरिकलाई जमिनको मालिक बनाउन समेत आग्रह गरेका छन ।
जबरजस्त शक्ति, सत्ताको आडमा सुकुमबासी बस्तीमा डोजर लगाउने खोजे प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । माओवादी केन्द्र कञ्चनपुरका नेता कार्यकर्ताहरुले समेत वास्तविक सुकुमबासी, भूमिहिन नागरिकको न्यायिक व्यवस्थापन जमिन दिनुपर्नेमा जोडदिदै आएका छन । उनीहरुले वास्तविक भूमाफिया गिरोह बचाउने योजनामा निमुखा जनतामाथि बन्दुक पटकाउने काम निन्दनिय भएको बताएका हुन ।
नेकपा माओवादी केन्द्र भीमदत्त नगरका नगर सचिव रमेश पार्कीले नगरविकासबाट सुकुमबासी बस्तीमा डोजर लगाउने तयारी गरेपछि पाटीले प्रेस विज्ञप्ती मार्फत पहिलो धारणा सार्वजनिक गर्दै वास्तविक भूमिहिन, सुकुमबासीको उचित व्यवस्थापनको माग अघि सारेको बताए ।
कञ्चनपुरकी माओवादी नेतृ माया नेगीले नगरविकासले गरिब, विपन्न समुदाय, भूमिहिन नागरिकको न्यायिक व्यवस्थापनमा मात्रै मानविय सेवा केन्द्रीतमा जोडदिएका छन । उनले वास्तविक भूमाफिया नगरविकासले यस अघि गैर कानुनी वितरण गरेका जमिन फिर्ता लिनुपर्नेमा बताईन ।
‘मानिस सुकुमबासी भूमिहिन भएपछि सरकारी जमिन नै रोज्ने हो, ‘उनले भने, ‘कुनै व्यक्तिका निजी जमिनमा बस्ने दिने कुरै भएपनि सुकुमबासीको राज्यले जिम्मा दिनुपर्छ ।’ यस अघि पनि सुकुमबासी मजदुरले उचित व्यवस्थापनको माग अघि सारेर भीमदत्त नगरपालिका सहितका तीनै तहका सरकारको ध्यानाकर्षण गराएका थिए ।