कञ्चनपुर मंसिर २५ ,कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्शाह गोरेडाँडा निवासी नन्दराज अवस्थीको दुई वटै मृगौला फेल भएका छन । बिगत केहि महिना देखि प्रेसर बिरामी अवस्थामा रहेका उन्को एकासी प्रेसरले गर्दा दुबै मिर्गौला फेल भएपछि हाल काठमाडौंस्थित वीर अस्पतालमा नियमित रूपमा किड्नीको डायलाइसिस गरिरहनु परेको छ । चिकित्सकका अनुसार उहाँलाई छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ ।
नन्दराज अवस्थीको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मृगौला प्रत्यारोपण जस्तो महँगो उपचार प्रक्रिया सुरु गर्न समस्या भइरहेको छ । यसैले, उहाँको उपचारमा सघाउन इच्छुक सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्नका लागि परिवारले हार्दिक अपिल गरेका छन् । सक्दो आर्थिक सहयोग गर्ने मनकारी ले दिएको बैंक एकाउन्न मा जम्मा गर्न सकिन्छ ।
एन एम बि बैंक
Nanda Raj AwAsthi
1810129941300011
NMB BInk Jhalari Branch
उहाँको छोरा जनक राज अबस्थी को खाता नम्बर