पहिलाद राना
लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा लैङ्गिक हिंसा अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ‘‘हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी) सम्बन्धी अन्तरक्रिया एवं विविध कार्यक्रम गरी १६ दिने अभियान सम्पन्न गरिएको छ । गत मंसिर १० गतेदेखि मंसिर २५ मंगलबारसम्म लैङ्गिक हिंसा अन्त्यकालागि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान थालिएको थियो ।
उक्त कार्यक्रमको समापनमा लैङ्गिक हिंसा न्यूनीकरण र व्यवस्थापवनका बारेमा जानकारी गराइएको लालझाडी गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र चौधरीले बताउनु भएको थियो । अन्तरक्रियामा कार्यक्रममा लैङ्गिक हिंसाबाट प्रभावित पीडित व्यक्तिहरुका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धि जानकारी गराएको थियो ।
लालझाडी गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रियाका सभापति लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथी र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की बिशिष्ट अतिथी रहेका थिए ।
सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीका नर्सिङ्ग निरिक्षक लक्ष्मी खडकाले एकद्वार संकट व्यवस्थापन केन्द्र OMC, One stop crisis Management Center(OCMC)बाट आवश्यकता स्वास्थ्य उपचार तथा मनोसामाजिक मनोविमर्श सेवा २४ सै घण्टा निःशुल्क रुपमा प्रदान सम्बन्धी जानकारी गराएका हुन ।
कार्यक्रमको सञ्चालन लालझाडी गाउँपालिका स्वास्थ्य संयोजक खगेन्द्र चौधरीले गरेका थिए । कार्यक्रममा पिएसडब्लुएएन, निड्स नेपाल, लालझाडी मानव अधिकार समुह, महिला बालबालिका शाखाको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीले महिला हिँसा न्यूनिकरणका लागि १६ दिन मात्र नभई बर्षैभरी यस्ता कार्यक्रम गरिनुपर्ने सूझाव दिएका थिए ।