लक्ष्मण नेगी
कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले गड्डाचौकीको बाधा अड्चन नखुले पुल बन्दको चेतावनी दिएको छ । ४ पुष ०८१ मा निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको हो ।
निर्माण कम्पनीले भेरिएसन ३ अनुसार गड्डाचौकीदेखि चारपुलसम्मको पहुँचमार्ग कालोपत्रे अन्र्तरगत गड्डाचौकीमा २ सय मिटर सडक स्थानीयका कारण कालोपत्रे गर्न नसकिएको भन्दै अवरोध खुलाउन दुई साताको अल्टिमेटम समेत दिएको छ ।
महाकाली पुलको सम्पूर्ण डिजायनको कार्य योजना कार्यालयलाई नै पर्ने जनाउँदै कार्यालयको निष्कृयता र लामो समयमसम्म भेरिएसनका सम्बन्धमा पनि अनिर्णयको कारण निर्माण गरेका सरचनाहरु त्रृटि सच्याउने समय भन्दा अघि देखि निर्वाध रुपमा दुई बर्षदेखि प्रयोग भईरहेको जनाउँदै दुई सातामा कम्पनीले काम सम्पन्न गर्न सम्पूर्ण बाधा अड्चन खुल्ने विश्वास समेत व्यक्त गरेको छ ।
उक्त समयसम्म निर्माण कम्पनीले धैर्य धारण गर्ने जानकारी गराउँदै सो समयमा पनि कार्यालयबाट काम शुचारु गर्नका लागि हाल विद्यमान बाधा अडचनहरु फुकाउन पहल नभए विगत दुई बर्षदेखि चालु अवस्थामा रहेको महाकाली पुल र ५ बर्षदेखि चालु अवस्थामा रहेको गड्डाचौकी नहर पुल बन्न गर्नुपर्ने कठोर विकल्पको आत्मसाथ गर्न बाध्यता पुग्ने र त्यस कार्यबाट जिल्लाबासीलाई पर्ने जाने असुविधा बारे योजनालाई जिम्मेबार हुन सचेत गराईएको छ ।
गड्डाचौकी क्षेत्रमा महाकाली सिँचाईको नहरदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत २ सय मिटर सडकखण्ड बेस निर्माण भएपनि केही स्थानीयको अवरोधका कारण कालोपत्रे गर्न नसकेको भन्दै निर्माण कम्पनीले आयोजना कार्यालयलाई यस अघि पनि जानकारी गराउँदै आएको थियो । अवरोधको विषयलाई गम्भिरता साथ नलिए सो स्थानमा समय छदै काम नभएको खण्डमा त्यसले सृजना गर्ने भौतिक र मानविय क्षतिको आँलकन र कल्पना पनि गर्न नसकिने चेतावनी दिएको छ ।
अवरोध भएको भन्दै पहुँचमार्ग सडक कालोपत्रे हुन नसेको छैन । नदीको बहाब महाकाली क्षेत्रको मध्य भागबाट केन्द्रीत नभएर बाया तर्फ किनारमा रहदा भुजेला खोलाको बहाब रोकिएकाले ठुलो समस्या देखा परेको जनाउँदै वितत ३ बर्षदेखि भुजेला खोलाको बहाब रोकिई भीन १२ र १२ तर्फ केन्द्रीत हुँदा ठुलो धनजनको क्षति भएको समेत उल्लेख गरिएको छ । उक्त कारणले पनि स्थानीयको दैनिक जसो ब्यापक जनदवाव आउने हुँदा क्याम्प बन्द गर्नुपर्ने अवस्थामा आएको गुनासो पोखिएको छ ।
‘नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोपलाई न्यूनिकरण गर्ने विषयलाई मध्यनजर गरी अन्य विवित कारण शुरु ठेक्का सम्झौतामा दिएको डिजायनमा फेर बदेल भएको हुँदा २० महिनादेखि भेरिएसन सम्बन्धीको प्रकृया नै चलिरहेको छ, ‘पत्रका उल्लेख गरिएको छ, ‘कार्यालयको तर्फबाट ०८० फागुनमा पुरक भेरिएसन ३ का नाममा आनशिक भेरिएसन ३ र ९ चैत्र ०८० मा डिजायन स्वीकृत भएपनि यसले सम्पूर्ण डिजाजन संशोधनलाई समेटेको छैन, हुनुपर्ने भेरिएसन समयमा हुन नसक्दा पुल निर्माण ठेक्का कार्य अन्तरगतको कार्य दुई बर्षदेखि सुस्त ढङगबाट अघि बढेको छ ।’
गत २६ देखि २९ भाद्रसम्म बर्षातका कारण महाकाली नदीमा ४ लाख, ६१ हजार क्युसेक भन्दा बढि जलस्तर प्रवाह भएसंगै गाईडबण्डमा ब्यापक क्षति भएको र झण्डै ३ सय मिटर तटबन्ध भत्किएको जनाउँदै क्षति भएको स्थानबाट सम्पूर्ण महाकाली नदी आयोजनाको पोखरीभित्र छिरेको अवस्थामा चार महिना वितिसक्दा र निर्माण कम्पनीले बेहोरेको करोडौँ नोक्सानीको हकमा समेत कार्यालयबाट कुनै बस्तुगत ठोस निर्देशन आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
विगत एक बर्षदेखि स्वीकृत प्रकृयामा रहेको भेरिएसन ४ स्वीकृत गर्ने लगायतको ठेक्का कार्यलाई अवरोध गरिएको बाधा अड्चन विषयलाई नगरेको खण्डमा यसै बर्षको अतिवृष्टिको कारण गाईडबण्डमा भएको क्षतिलाई समयमै नै मर्मत गरी प्रबलिकरण गर्न मनसुन पुर्व बाँकी कार्य गर्न नसकिने जनाईएको छ । कुमार सिएफईसी जोईन्ट भेन्टरका योजना व्यवस्थापक ईन्जिनियर किशोर राज पाण्डेयले हस्ताक्षर गरेको पत्रमा हासम्म ठेक्का सम्झौता र स्वीकृत भेरिएसन ३ का आधारमा ९५ भौतिक र ९२ वित्तिय प्रगति भएको जनाएको छ ।
चारलेन पुल निर्माण कार्य सम्पन्न भएर दुई बर्षदेखि भीमदत्त र दोधाराचाँदनी नगरपालिकाविच निर्वाध रुपमा यातायात सचालन भईरहेको जनाएको छ । अवरुद्ध काम शुचारु नभए चालु आर्थिक बर्षमा १३करोड बजेट फ्रिज हुने समेत चिन्ता व्यक्त गरिएको छ ।केही समय अघि सिडियो कार्यालयमा स्थानीय जनप्रतिनिधी सहितको उपस्थितिमा भएको सहमती समेत कार्यान्वयन नभएको भन्दै आपत्ती जनाईएको छ ।
महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले पुल निर्माणलाई पुरा गर्न कार्यालयबाट मन्त्रालयमा पेश गरेको भेरिएसन अर्थात अतिरिक्त काम मन्त्रीपरिषद्बाट स्वीकृत नभएको जनाएको छ । चार अन्र्तरगत स्पटर, पलङ कंक्र्रिट, तारजाली, माटो भरान, भुजेला खोलाको तटबन्ध सहितका काम रहेका छन ।
तर, उक्त भेरिएसनको काम भौतिक पूर्वाधार सचिव स्तरबाट स्वीकृत भएर मन्त्री हुँदै मन्त्रिपरिषद्मा पेश हुन बाँकी रहेको जनाईएको छ । महाकाली पुल योजना कार्यालयका सहायक सुचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धीत व्यक्ति, निकायसंग पहल गर्ने बताए ।
‘यो हाम्रो प्रदेशकै गौरबको योजना हो, ‘उनले भने, ‘यसमा सबैले आ–आफ्नो स्थानबाट साथ सर्मथन सहयोग गर्नुपर्छ, अवरोध होईन सहयोग सघाउनुपर्छ, योजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेबार बन्नुपर्छ ।’