कञ्चनपुर , पुस ८,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १, गणेशपुरका दुवै मृगौला पिडित ४५ बर्षिया नन्दराज अबस्थी लाइ  इन्द्रेणी सांस्कृतिक सेवा केन्द्र काठमाडौंका संचालक कृष्ण कडेलले  मृगौला  उपचारको लागि रु ३३,५०० आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक सहयोगका लागी इन्द्रेणीमा पुगेका अबस्थी लाइ इन्द्रेणी सांस्कृतिक सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्द्रेणी सांस्कृतिक सेवा केन्द्रले  संस्कृति कार्यक्रम मार्फत देश बिदेशबाट आएको आर्थिक सहयोग लाइ  दुःखी, गरिब , आर्थिक अभाव भएका हरूलाई सहयोग गर्दै आएका छन्।

सोमबार  ने क पा  केन्द्रका युवा नेता नवराज  ऐरले इन्द्रेणी सांस्कृतिक सेवा समितिमा आर्थिक सहयोगका लागि मृगौला पीडित नन्दराज अबस्थीलाइ इन्द्रेणीमा लगेका थिए। युवा नेता ऐेरीले मृगौला पीडित अबस्थी को उपचारका लागि विभिन्न संघ संस्था संग आर्थिक सहयोग लागि अपिल गरेका छन ।

प्रतिक्रिया दिनुस