शितल भट्ट
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको छ । सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो । बेलौरी खुला मञ्चमा उद्योग वाणिज्य संघको आयोजना एव नगरपालिकाको सह आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला शुरु भएको छ ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मुल नारा अघि सारेर तेस्रो संस्करमा मेला संचालन गर्न लागेको छ । बेलौरी नगरपालिका प्रमुुख पोतिलाल चौधरीले एक कार्यक्रमका विच मेलाको उद्घाटन गरेका छन । मेलाको उद्घाटन गर्दै मेयर चौधरीले निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा संचालन भएको मेलाले नगरकै कृषि, पर्यटन, औद्योगिक विकासमा टेवा पु¥याउने बताए ।
मेयर चौधरीले नगरपालिकाले समेत कृषि क्षेत्रमा थुप्रै कामकाज अघि बढाएकाले मेलाले थप नगरको कृषि प्रर्बद्धनका टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन । मेयर चौधरीले मेलाबाट क्षेत्रको विकासमा समेत प्रर्बद्धनमा जोडदिएका छन ।
यस अघि दुई संस्कर मेला लगाईसकेको वाणिज्य सघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ । बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको आयोजकको दावि छ । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला संचालन गरिएको बताए ।
महोत्सवमा सय वटा स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनी गरिएको छ । स्थानीय, उद्योगी, व्यवसायीहरुलाई नै प्राथमिकतामा राखिएको अध्यक्ष विष्टको दाछि ।
जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय थारु, पहाडी समुदायका संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने र स्थानीय एव राष्ट्रिय कालाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन । महोत्सव सञ्चालनका लागि करिब २९ लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गरिएको छ ।
महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि १ सय रुपैँया, विद्यार्थी सहुलियत लागि ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क गरिएको छ । १० दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवद्र्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ । १७ पुषसम्म महोत्सव संचालन हुनेछ ।