कञ्चनपुर । गृह मन्त्रालयले राष्ट्रिय एव सहायक राजमार्गमा कर उठान देशभरका प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले गत कार्तिकमै देशभरका ७७वटै जिल्ला प्रशासनमा पत्राचार गर्दै कर उठान देशभरका प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र अनुरुप ११कार्तिक ०८१साल स्थानीय तहले विभिन्न किसिमका कर उठाउने समन्धमा नेपाल सरकार मन्त्रिपरिषदको १७मंसिर ०७५सालको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालबाट तहर भएको कार्य योजना सहित सम्बन्धीत निकायमा पत्राचार भए पश्चात उक्त कार्य रोकिएको सन्र्दमा हाल विभिन्न स्थानीय सरकारले कर उठाई रहेको उक्त कार्य रोक्न सम्बन्धीत प्रंशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसरी गृहमन्त्रालयले सबै प्रशासन कार्यालयमा विभिन्न बहानामा कर संकलन गर्ने कार्य रोक्न पत्राचार गरेपनि कञ्चनपुर, कैलाली सहितका जिल्लामा कर संकलन गरिरहेको भन्दै स्थानीय किसानले आपत्ति जनाएका छन । गृहको निर्देशन विपरित विभिन्न बहानाबाजीमा राजमार्गमा रहेका स्थानीय तहले कर संकलन गर्दा पनि प्रशासनले नरोकिएको भन्दै गुनासो पोखिरहेका छन ।

प्रतिक्रिया दिनुस