कञ्चनपुर । कञ्चनपुरमा मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि चुरे क्षेत्रमा प्रर्बद्धनका कार्यक्रम गरिएका छन । चुरेसंगै जोडिएका भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा मानव बन्यजन्तुविच हुने द्वन्द्व न्यूनिकरणका लागि प्रर्बद्धनका लागि कार्यक्रम गरिएका हुन । चुरे सरक्षण सञ्जाल नेपालले जिल्लाका स्थानीय तह भीमदत्त र बेदकोट नगरपालिकासंग सहकार्य गरेर तटबन्ध निर्माणदेखि बगरमा बृक्षारोपण गरेको छ ।

चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापन करन भट्टले तराई भुपरिधी कार्यक्रम मार्फत जैविक मार्ग पूर्नस्थापना आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम गरिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित खन्यखोला शिवटोलमा ५४मिटर तटबन्ध निर्माण, बेदकोट नगरपालिका ७गाउजीमा रहेको अमर सामुदायिक वनमा १६०मिटर तारजाली, बेदकोट नगरपालिका २को पथरिया नालामा ३०मिटर तटबन्ध निर्माण र बेदकोट नगरपालिका १ रडाह स्थित बगरमा परिणत राधा नदीमा बृक्षारोपण गरिएको छ ।

उक्त क्षेत्रमा तटबन्ध, तारजाली, ढोका निर्माण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले मानव बन्यजन्तुविच हुने द्वन्द्वका घटना न्यूनिकरणका लागि सामुदायिक वनमा तारजाली सहित तटबन्ध, बृक्षारोपण गरिएको बताए । द्वका घटना न्यूनिकरणका लागि सामुदायिक वनमा तारजाली सहित तटबन्ध, बृक्षारोपण गरिएको बताए ।

‘चुरेबाट गाँउतिर आउने खोला नदीको कटानीले स्थानीयको घरखेत विपद्को उच्च जोखिममा पर्दै आएका छन, ‘उनले भने, ‘जनतालाई केही न केही राहत पु¥याउने उदेश्यले हामीले तटबन्ध सहितका कार्यक्रमम अघि बढाएका छौँ ।’ भीमदत्त नगरपालिका ७ मनिराम सिह ठगुन्नाले वाढीले सडक र खेत भत्काएर समस्यामा पारेका बेला तटबन्ध निर्माणले खेत बाँच्नेदेखि सडक पुर्ननिर्माण भएको बताए ।

बेदकोट नगरपालिका २जडेपानीका स्थानीय पदम बहादुर कुँवरले वाढीले खेत बगाएपछि तटबन्धबाट भावि दिनमा आउने वाढीबाट बाँच्न सकिने बताए । बेदकोट नपा १ रडाहका स्थानीय पदम लुहारले बगरमा परिणत नदीमा बृक्षारोपणले थप टेवा पुगेको बताए । बेदकोट ६गाउजीका तारा गिरीले सामुदायिक वनका तारजालीले वनबाट गाँउपस्ने आउने बन्यजन्तुहरुको आतङ्क रोकिएको बताए ।

अमर सामुदायिक वनका अध्यक्ष मोहन बहादुर चन्दले विगतमा झण्डै साढेपाँचसय मिटरमा तारजाली निर्माण गरिएको र हाल आएर १६०मिटर तारजालीले वन पर्यावरण सरक्षणमा समेत टेवा पुगेको बताए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले खनिया खोलामा साझेदारीमा निर्माण भएको तटबन्धले खेतीयोग्य भूमि सरक्षण गरेको बताउँदै आगामी दिनमा समेत थप कार्यक्रम गर्ने बताए ।

बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश बहादुर सिहले चुरेबाट बग्ने पथरिया नदीको कटानी नियन्त्रणका लागि आगामी दिनमा समेत सहकार्य गर्ने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत अमर बहादुर धामीले सामुदाय र सरोकारवालाकै संयुक्त सहकार्यमा मानव बन्यजन्तुविचको सहअस्थित्व राख्नका लागि निर्माण गरिएका सरचनाले पर्यावरणमा टेवा पुग्ने बताए ।

सोमबार एक कार्यक्रमका विच चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवर, व्यवस्थापनक करन भट्ट, उपाध्यक्ष मोहन चन्द, कोषाध्यक्ष देवकी जोशी, अनुगमन सदस्यद्वय कर्ण बहादुर पातली, भोजराज जोशी, सञ्जालका सदस्य राजेन्द्र प्रशाद भण्डारी वन अधिकृत अमरसिह धामी, भीमदत्त नपा ७का वडाध्यक्ष गणेश चन्द, बेदकोट २का वडाध्यक्ष नरेश सिह सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस