बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको १६ औं गाउँसभा पालिकाकै सभा हलमा मंगलवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत साउन यता कार्यपालिका बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

बजेट, नीति तथा कार्यक्रम ल्याउने हुँदा असारमा हुने अधिवेशनलाई बजेट अधिवेशन र ऐन, कानूनहरु निर्माण गर्ने हुँदा पुसमा हुने अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ, । ‘बेलडाँडी गाउँपालिकाले पनि ऐन कानून, विभिन्न कार्यविधि लगायत साउनयता कार्यपालिकाले गरेका निर्णयहरु सभाबाट अनुमोदन गरेको बेलडाँडी गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।’

पालिका प्रमुख रानाका स्वकीय सचिव कुलैराज उपाध्यायका अनुसार ‘१६ औं अधिवेशनसम्म आईपुग्दा पालिकाको सामर्थ्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसंग सम्वन्धित ऐन, कार्यविधि र केहि मापदण्ड निर्माण गरि अनुमोदन गरेको उल्लेख गर्नुभयो ।’ आन्तरिक आयबृद्धि र राजस्वका विषयमा समेत हेराफेरि गरिएको बताए ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसक्रममा ऐरले पालिकाको आन्तरिक श्रोत बृद्धि गर्न विकल्प खोज्नुपर्नेमा जोडदिएका थिए । आन्तरिक श्रोतका आधारलाई प्रकृयामा ल्याउने कुरामा सबैले ध्यानदिनुपर्नेमा उहाँको जोड रहयो ।

प्रतिक्रिया दिनुस