केशव थापा
कञ्चनपुर । कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित सिद्धनाथ मन्दिरको अध्यक्षमा पाँचौँ पटक नायक निर्वाचित भएका हुन । १७औँ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचन मत परिमाण अनुसार नायकले आफ्ना निकटकतम प्रतिद्वन्द्व बीर बहादुर खडकालाई १२०मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक पनि निर्वाचित भएका थिए । अहिले चौथो पटक ०८१मा पनि अध्यक्षमा ठुलो मतान्तरले निर्वाचित भएका हुन । उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका छन । कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन ।
पालले आफ्ना निकटतम प्रतिस्पर्धी किशन नाथलाई १४४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । पालले ४२९ र नाथले २८५मत ल्याएका छन । सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन । महताले ३४७, योगीले २४८ र अर्का प्रतिस्पर्धी मोतिसिह बुढाले १२८मत ल्याएका छन । सह सचिवमा राधा महता भाट निर्वाचित भएकी छिन ।
राधाले करन सिह कार्कीलाई १९९मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । राधाले ४४६ र करनले २४७मत ल्याएका हुन । सदस्यहरु तर्फ ईन्द्र सिह धामी ४८२, उमा भण्डारी ४०७, दल बहादुर रोक्का मगर ४५७, निर्मला जोशी(पाल) ४८४, प्रेम सिह नायक ३६ र शंकर विष्टले ४६७ मत ल्याएका छन । कुल ९सय २८ मतदाता मध्ये ७६६मत खसेका थिए ।
स्थानीय समाजसेवी एव नेपाली काँग्रेस नेता समेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको बृद्धि विकासको योजना अघि सारेका छन । उनले आफुले आफुले विगतदेखि मन्दिरको बृद्धि विकास एव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र अहिले पनि गर्ने बताएका छन । ‘पूर्णागिरी मेला थप व्यवस्थित पार्छु, ‘उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक,समाजिक गतिबिधी अघि बढाउँछु ।’
भारत उत्तराखण्ड पूर्णागिरी मन्दिरमा लाग्ने मेलाका दर्शनार्थी नेपाल सुप प्रदेश कञ्चनपुरको ब्रम्हदेब र महेन्द्रनगर सिद्धनाथ मन्दिरमा पनि दर्शन गर्न आउने धार्मिक मान्यता अनुरुप दर्शनार्थीको यात्रा थप सहज सुलभ सुविधायुक्त बनाउने अध्यक्ष नायकको योजना छ । पाँचौँ पटक मन्दिर समितिको नेतृत्वमा पुगेपछि उनीलाई बधाईको ओईरोसंगै अपेक्षा समेत गरिएको छ ।