कञ्चनपुर कार्तिक २४ ,नेकपा विप्लव निकट क्रान्तिकारीले महेन्द्रनगरमा बिशाल विरोध प्रदर्शन गरेका छन । भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिती द्वारा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित बिशाल विरोध प्रदर्शन गरिएका छन ।

विरोध प्रदर्शन पछि कोण सभालाई सम्बोधन अखिल क्रान्तकारीका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र अखिल क्रान्तकारी कञ्चनपुका अध्यक्ष अध्यक्ष नरेन्द्र भाट सम्बोधन गरिएका छन । सम्बोधनमा स्वाधीनता, सार्वभौमिकता अखण्डता बचाउन र कालापानी लिपुलेक भुमिका लागि हाम्रो पार्टी र अखिल क्रान्तिकारी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए ।

‘गो ब्याक ईन्डिया, नेपालको भूमी अतिक्रमण गर्न पाईदैन ।’ भन्ने नाराबाजी गरेको थिए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएकाले त्यसमा कसैले पनि अतिक्रमण गरेको सहज नसक्ने भन्दै नेपाली भूमीमाथी कुचेष्टा नराख्न अनुरोध समेत गरेका थिए ।

क्रान्तिकारी नेता शाहले भारतीय विस्तारवाद, सीमा अतिक्रमण बिरुद्ध कञ्चनपुर, कैलाली सहितका जिल्लामा प्रर्दशन गर्ने चेतावनी दिए । नेता शाहले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि क्रान्तिकारीले जस्तोसुकै संघर्ष गर्न पछि नगर्ने बताए ।

बिसाल जुलुस को नेतृत्व अखिल क्रान्तिकारी क्षेत्रीय समन्वय समिति का संयोजक विरेन्द्र शाह नेतृत्व गरिएको थिए । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुस