कञ्चनपुर कार्तिक २७ ,कञ्चनपुरको पुर्नवास नगरपालिका ३ नम्बर वडाध्यक्ष पदका आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पाँच राजनीतिक दलका पाँच जनाले उम्मेदवारी दिएका छन् ।मुख्य निर्वाचन कार्यालयको अधिकृत गोपालप्रसाद बास्तोलाको अनुसार निर्धारित समयअवधिसम्ममा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनका अनुसार सबैभन्दा पहिला नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ्ग, दोसो्रमा कांग्रेसका उम्मेदवार दिपबहादुर तामाङ्ग, समाजवादीका पदम बहादुर शाही, राप्रपा समुहका भीमबहादुर तामाङ्ग र अन्तिममा राप्रपा संयुक्तका श्रीधन तामाङ्गले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज सबै राजनीतिक दलका उम्मेद्वारहरुले बाजागाजा सहित उम्मेदवारी दर्ता गराएका छन । पुनर्वास नरपालिका ३ नम्बर वडाध्यक्षमा निर्वाचित फैरु तामाङ्ग जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।२०७४ असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन नेकपा एमालेका उम्मेदवार फैरु तामाङ्ग उक्त वडाबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुस