कञ्चनपुर कार्तिक २८ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालमा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल देखिएको छ ।केहि पदका लागि नगरपालिकाले बिना प्रतिस्पर्धा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

शुक्लाफाटा नगरपालिकाले नियम विपरीत कर्मचारी भर्ना गर्न लागेको निकालिएको सूचनाले प्रष्ट भएको छ ।आफ्ना नाता गोता र कार्यकर्ताहरुलाई भर्ना गर्नका लागि सार्वजनिक रुपमा पत्रपत्रिकामा सुचना नदिएको स्थानियले आरोप लगाएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विसन सिंह थापाले भने श्रेणी विहिन जनशक्ति छनौट मापदण्ड २०७६ को दफा ७ (१) बमोजिम गठित समितिको २०७६ कार्तिक १८ गतेको निर्णय अनुसार करारमा कर्मचारी भर्ना गर्ने निणर्य गरेका बताए । शुक्लाफाँटा नगरपालिकाले १ जना दमकल चालक, १ जना ब्याकोहोलोडर चालक, हलुका सवारी चालक १ जना, विल्डिङ्ग इलेक्ट्रीसियन १ जना, र केही जना कार्यालय सहयोगी पदमा कर्मचारी करारमा भर्ना गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत थापाले बताए छन्   । स्रोत प्रभु समाचार

प्रतिक्रिया दिनुस