जनकपुर, कार्तिक २९, पार्टीको २ नं प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्न जनकपुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं) का महासचिव मोहन वैद्य किरणले भारतीय विस्तारवादको सीमा अतिक्रमणका विरुद्ध मधेसी जनता बारम्बार लड्दै आएको चर्चा गर्दै मधेसी जनता सीमा सुरक्षाको किल्ला भएको बताउनु भएको छ । पार्टी सम्मेलनको उद्घाटन गर्दै महासचिव किरणले वर्तमान सरकारको उल्टो बुद्धि भएका कारण सीमा सुरक्षा गर्न नसकेको बताउनु भयो ।

दुई दिनसम्म चल्ने प्रथम सम्मेलनको उद्घाटनमा महासचिव मोहन वैद्य किरणले प्रतिक्रियावादी शक्तिहरुको नेतृत्वमा वर्तमान सरकार रहेकोले राष्ट्रियता संरक्षण गर्ने सवालमा गम्भिर नरहेको समेत बताए । उहाँले यो सरकार भारतले नेपाली सीमा मिचिरहँदा चुपचाप लागेर बस्नुले सरकारको विस्तारवादपरस्त दलाल चरित्र उदाङ्गो भएको बताउनुभयो ।

पहाडी शासकहरुले मधेशी जनताको नियतमाथि सधै शंका गर्दै आएको आरोप लगाउँदै महासचिव किरणले मधेशी जनता पटक पटक नेपाली सीमाको सुरक्षाका लागि लड्ने गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशी जनताले वास्तवमा वर्षोदेखि सुरक्षा किलाको रुपमा काम गर्दै आएका छन् ।’

उल्टो बुद्धि भएको सरकारले सीमा सुरक्षा गर्नुपर्ने सेनालाई ठेक्का पट्टामा लगाएको भन्दै उहाँले उक्त कार्यको बिरोध गर्नुभयो । महासचिव किरणले ठेक्कापट्टा छाडेर सीमा सुरक्षाका लागि सेना परिचालन गर्न पनि माग गर्नुभयो ।

वर्तमान सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनुभएका किरणले संघीयता आएपनि केन्द्र सरकारले सबै अधिकार आफूमा निहित राखेकोले प्रदेश सरकार आफैले केन्द्र सरकार विरुद्ध लड्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।मुलबाटो बाट

प्रतिक्रिया दिनुस