कञ्चनपुर , कार्तिक २९ , आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र अन्य साना दलले भाग लिएका छन। चुनाव प्रचारमा खासगरी एक अर्कोको विरूद्धमा जे सुकै गर्न तयार हुने नेपाली राजनीतिक दलहरूले आजका दिनसम्म पनि त्यो अराजनीतिक चरिलाई बद्ल्न सेकेका छैनन्।

उपनिर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा भइरहेको प्रचारले पनि यहि कुरालाई थप पुष्टि गर्छ।तितो, व्यङ्ग्यत्मक शैलिबाट प्रतिष्पर्धिको विरोधमा उत्रिएको देखिन्छ। सत्तारूढ दल नेकपा र नेपाली कांग्रेसका समर्थकहरूले तल्लो स्तरको प्रचार गरिरहेका छन्। स्वतन्त्रताको नाममा स्वच्छन्द बन्दै गएको नेपाली समाजले लोकतन्त्रलाई कुरूप बनाउने काम गरिरहेको छ।

संसद सचिवालयमा कार्यरत एक महिलासँगको यौनजन्य काण्डमा पक्राउ परेर जेलमा रहेका पूर्व सभामुख कृष्ण बहादुर महरा र आजमात्रै पुर्पक्षका लागि थुनामा परेका मो अफ्ताव आलमलाई व्यङ्ग्य गर्दै आफ्नो पार्टीलाई भोट मागेको देखिन्छ। नेकपा समर्थकले ‘सरर पानी घट्टमा, रूखमा भोट नहाल्नु कसैले, जिउँदै पोल्छन् एट्टाभट्टामा’ लेखेर कांग्रेसलाई बहिष्कार गर्न अनुरोध गरेका छन्।

त्यस्तै जवाफमा कांग्रेसी समर्थकले लेखेका छन्, सरर पानी घट्टमा, सुर्यमा भोट नहाल्नु कसैले, दारू खाँदै बलत्कार गर्छन्, त्यसको सट्टामा।’ यसरी चुनाव दोहोरी चलेको छ। सामाजिक सञ्जाल बाट

प्रतिक्रिया दिनुस