अंकिता भट्ट,कञ्चनपुर ,मङ्सिर १, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी वजार नजिकै हिजो राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

शनिबार राति करिव १० वजे नया अन्टेष्ट नम्बरको मोटरसाइकल विग्रिएर रोकीको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनामा कृष्णपुर नगरपालिका वार्ड नम्बर–३ का वर्ष अन्दाजी २४ का दिनेश राना र अन्दाजी वर्ष २० का सुनिल रानको ज्यान गएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्ष नैन बहादुर साउदले वताए ।

घाईते दुवै जनाको उपचारको क्रममा सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको हो । प्रहरीका अनुसार वाणी वजारमा विग्रिएर मर्मत गरिरहेको अवस्थामा ट्रकको पछाडी मोटरसाईकल ठोक्दिा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस