धनञ्जय अवस्थी, धनगढी मंसिर २ ,नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको सुदुरपश्चिम प्रदेश सम्मेलन भोली बाट धनगढीमा शुरु हुने भएको छ । क्रान्तिकारी माओवादीले पार्टीको शक्ति प्रदर्शन पनि गर्ने तयारी गरेको नेकपा( क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश संयोजक अनुकूलले जानकारी दिनुभयो । भोली १२ बजे र्याली तथा बजार परिक्रमा गरी धनगढीमा खुला कार्यक्रम गरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रदेश सम्मेलनको उद्घाटन गर्ने तयारी रहेको बताउनुभयो ।

भोली मोर्चाको सम्मेलन सम्पन्न गरी ४ गते पार्टीको सम्मेलनको उद्धाटन समारोह हुने बताए ।सम्मेलनको लागि यस अघि सुदुरपश्चिम प्रदेशका सबै जिल्ला हरुमा भेला सम्पन्न भएको छ , सबै जिल्ला बाट प्रतिनिधि परिवेक्षक आउने तयारी रहेको बताउनुभयो ।

सम्मेलन भव्य रुपमा सम्पन्न गर्ने सबै जिल्ला सेक्रेटरी हरु मार्फत सबै नेता कार्यकर्ता लाई परिचालन गरिएको शुदुरपश्चिम प्रदेश सेक्रेटरी कमरेड अनुकूलले हाम्रो कालापानी खवर लाई जानकारी दिनुभयो । नेकपा क्रान्तिकारी माओवादी पार्टी र पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दुवै को सम्मेलन भएकोले सम्मेलन दुई दिन सम्म चल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुस