कञ्चनपुर मंसिर २ ,बिगत केहि महिनादेखि अनिश्चितकालिन तालाबन्दी रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको गाडी सत्तापक्ष नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आइतवार राति नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएको छ ।
केन्द्रीय कार्यालयबाटै ईन्जिनियरिङ्ग विभागका डिन डा.किशन दत्त भट्टले चढ्ने सवारी साधन दुरुपयोग भएको पाईएको छ । डिन भट्टले घरमा मान्छे बिरामी छन, भन्दै चालकलाई दवाव दिएर भित्रबाट सवारी साधन झिकाएका थिए । नेवि संघ सुप विश्वविद्यालयका संयोजक कैलाश चन्दलाई हारगुहार गरेर डिन भट्टले सात महिनादेखि लगाएको तालाको खिल्ली उडाउदै डिनले बा १० च ९३४६ नम्बरको जिप लगेपछि सत्ताधारी निकट विद्यार्थीले थाहा पाएपछि उक्त सवारी साधन नियन्त्रणमा लिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको तालाबन्दी रहेको अवस्थामा विश्वविद्यालयको इन्जिनियरिङ्ग विभाग डीन कृष्णदत्त भट्टले चढ्ने बा १० च ९३४६ नम्बरको गाडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको अवस्थामा रंगेहात पक्राउ गरेर वडा प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।विश्वविद्यालयका सवारी साधन चरम दुरुपयोग भईरहेको पाईएको छ ।

गत चैत्रमा काँग्रेस निकट नेवि संघले विश्वविद्यालयमा हुने बेथिती बिरुद्धमा केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी ग¥यो । नेवि संघको तालाबन्दीले केन्द्रीय कार्यालयको कामकाज ठप्पका साथै विश्वविद्यालयका सवारी साधन थन्किएका थिए, तर आईतबार राती एक सवारी साधन तालाबन्दीकै विचबाट दुरुपयोग भएको पाईएको छ ।

‘मुल गेटमै नेवि संघको ताला थियो, ‘अनेरास्ववियुका नेता कमल रोकायाले भने, ‘आफै तालाबन्दी गर्ने आफै आफु निकटका डिनलाई सवारी साधन दुरुपयोग गर्न दिने यो के पारा हो ।’ नेवि संघको भावना र गरिमामाथी नै चोट पुग्ने काम गरिएको उनको दावि छ । रोकायाले तालाबन्दी भएपछि सबै सवारी साधन थन्किएका भएपनि राती राती काँग्रेस निकटका पदाधिकारी डिनलाई घरयासी कामकाजका लागि सवारी साधन चरम दुरुपयोग गर्न दिने काम निन्दनिय भएको रोकायाको भनाई छ ।

प्रतिक्रिया दिनुस