कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले आत्मनिर्भर बन्नका लागि प्रदेशमा एक भैसी फर्म संचालन आवश्यक रहेको बताएका छन । सोमबार महेन्द्रनगरमा पशुपन्छी तथा मत्स विकास र कृषि विकास निर्देशनालयले चालु आर्थिक बर्षको पहिलो चौमासिक योजनाको प्रगति समिक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले आत्मनिर्भर बन्नका लागि भैसी फर्म आवश्यक रहेको औल्याएका हुन ।
कृषिमन्त्री थापाले संघीय सरकारले उत्तरी छिमेकी चिनसंग राँगाभैसीको मासु निर्यात गर्ने सहमती गरेसंगै सुदूरपश्चिममा समेत भैसीको अन्त्यन्तै सम्भावना भएकाले निजी तथा सरकारी स्थरबाटै भएपनि भैसी फर्म आवश्यक रहेको बताए ।
कृषि मन्त्री थापाले संघीय सरकारले रागाभैरीको मासु विदेशमा निर्यात गर्ने सम्झौता गरेपनि खोरेत रोग पूर्ण निर्मल नभएका कारण नेपालका पशुपन्छीको मासु अन्र्तराष्ट्रिय बजारमा दिन नसकिने अवस्थामा खोरेत रोग नियन्त्रण गर्नुपर्ने बताए । ‘मेगा भैसी फर्म स्थापना गरेको दुध उत्पादनदेखि दुधको पाउडर, छुर्पी विदेशमा निर्यात गर्नुपर्छ, ‘उनले भने, ‘यसो गर्दा थप आम्दानीमा बृद्धि हुनेछ ।’
कृषिजन्य बस्तुको उत्पादन बृद्धिका लागि मन्त्रालयले १२ करोड रुपैया बिनियोजन गरेको बताए । ‘बजारको सुनिश्चितता गराउँदै मन्त्रालयले चालु आर्थिक बर्षमा पढ्दै कमाउँदैदेखि विदेश जाने युवा पलाउन रोक्नका लागि बाँझो जमिन भाडामा लिएर कृषि व्यवसाय गर्न चाहने युवाको भाडा तिरिदिन्छौँ ।’
कृषि कार्यक्रम प्रर्बद्धनका लागि थुप्रै कार्यक्रम ल्याएको बताउँदै कृषिमन्त्री थापाले टुक्र्रो योजनाले प्रदेश सरकार एकातिर उपलब्धी बिहिन, अर्कातिर बदनाम भईरहेको बताए । मन्त्री थापाले कृषि मन्त्रालयले कार्यक्रम विकेन्द्रीतरण गर्दै कृृषिबाटै प्रदेशको आत्मनिर्भर खोज्ने योजना शुरु भएको बताए ।
‘हामीले अनुदान पनि उत्पादनयोग्य बनाउन खोजेका छौँ, ‘उनले भने, ‘५करोडसम्म ८ प्रतिशत ब्याजमा अनुदान दिने योजना छ ।’ कृषि एम्बुलेन्सदेखि कोल्ड स्टोर निर्माण गरेर आत्मनिर्भरका कार्यक्रम संचालन गरिएको मन्त्री थापाले बताए । विगतदेखि कमिसनमा योजना वितरण गरेको भनेर चौतर्फि बदनाम र आलोचना भईरहेको मन्त्रालयले केही सुधारात्मक कार्यक्रम अघि बढाएको मन्त्री थापाको दावि छ ।
सचिव जोशीले खोरेत रोग निर्मूल नहुँदा विदेशमा मासु निर्यातमा समस्या भईरहेको बताउँदै खोरेत रोग उन्मुलनमा जोडदिएका छन । सुप प्रदेशका २लाख पशुपन्छीमा भ्याक्सिन लगाएको र २४ हजार कृषिका विद्यार्थीलाई सचेत गराईएको बताए ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स विकास निर्देशनालयका अधिकृत पुष्कर राज नाथले चालु आर्थिक बर्षको पहिलो चौमासिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालय अघि बढेको बताएका छन ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले पछिल्ला बर्षहरुमा युवा जनशक्ति विदेश पलायन रोक्नका लागि मन्त्रालयले कार्यक्रम ल्याएको अहिले कार्यान्वयनको चरणमा रहेको बताए । दुई दिनसम्म संचालन हुने उक्त गोष्ठीमा थप समिक्षा गर्दै कृषि विकासका योजना कार्यान्वयन गरिने जनाएको छ ।