महेन्द्रनगर । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) नेपाल कञ्चनपुरले स्थापना दिवसको अवसरमा अनाथालयमा आर्थिक सहयोग गरेको छ । बुधबार ३४औँ प्याब्सनको स्थापना दिवसको अवसरमा भीमदत्त नगरपालिका ४महेन्द्रनगरको समाजकल्याण बाल अञ्चल अनाथालयमा आर्थिक सहयोग गरेको हो ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट सहितका पदाधिकारीले समाजकल्याण बाल अञ्चल अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई ११हजार १सय ११रुपैयाको चेक हस्तान्तरण गरेका छन । यसका साथै अनाथ बालबालिकाहरुलाई नास्ता समेत खुवाएका छन । प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा. हिरा चन्दको प्रमुख आथित्यमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा. हिरा चन्दले यसरी नै विभिन्न समाजिक संघ संस्थाबाट आर्थिक सहयोगबाट अनाथ बालबालिकाको भरण पोषणमा टेवा पुग्ने बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मराज भट्टले समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा स्थापना दिवसको कार्यक्रममा सहयोग गरेको बताए । प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले संचालन गरेको कार्यक्रममा प्याब्सन भीमदत्त नगर, कञ्चनपुर, सुप प्रदेश र केन्द्रीय पदाधिकारी, पुर्व पदाधिकारी एव हालका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।