महेन्द्रनगर  । कञ्चनपुरको महेन्द्रनगरमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको समापनमा कार्यक्रममा विद्यार्थीले नारावाजी गरेका छन् ।

भीमदत्त नगरपालिका स्तरीय १५ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन भब्यताका साथ भएको थियो। भने प्रतियोगिताको समापन कार्यक्रममा विद्यार्थीले नारावाजी गरेको छ। प्रतियोगितामा सिद्धनाथ अमर माध्यम विद्याल गड्डाचौकी प्रथम स्थान र पुर्ण माध्यमिक विद्यालय दोस्रो भएको विद्यालय परिवारको भनाई रहेको छ।

 

प्रतियोगितामा आयोजक समितिले बैजनाथ माध्यमिक विद्यालय १८ गोल्ड मेडलका साथ प्रथम स्थान भएको घोषणा गरेको छ। बैजनाथ माध्यमिक विद्यालयका ७ स्वर्ण पदक प्रतियोगिता समावेश अन्य खेलमा र उसु खेलमा एक लोटि १२ स्वर्ण पदक गरि १८ स्वर्ण पदक ल्याएको थियो। तर प्रतियोगितामा उसु खेलका लागि भने प्रतिस्पर्धामा बैजनाथ माध्यमिक विद्यालयका खेलाडी बाहेक अन्य विद्यालको भने सहभागिता नरहेको आयोजकले बताएको छ। आयोजकका अनुसार उसुमा १२ र अन्य सहभागी खेलमा ७ गरि १८ स्वर्ण पदक हात परेको हो। नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८१ को उपाधि बैजनाथ माध्यमिक विद्यालयले जितेको छ ।

 

महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै भीनपा–४ स्थित बैजनाथ माविले नगस्तरीय १५ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।

सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले १२ स्वर्ण, ३ रजत र ९ कास्यपदक जितेको हात पारेको थियो। पूर्णा माध्यमिक विद्यालय ऎरिले १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतितियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल समावेश गरिएको थियो। प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुनेछन् ।

 

प्रतियोगितामा राष्ट्रपति सञ्चालन कार्यविधि बिपरित निर्णय गरि बैजनाथ माध्यमिक विद्यालय लाई विजेता बनाउदा विद्यार्थी लगायत खेल शिक्षकले विरोध गर्दै नाराबाजी गरेको थियो।

 

खेल शिक्षक नितेश रावलले भने ‘भीमदत्त नगरपालिका नगर खेलकुद समिति द्वारा मिति २०८१ पौष २० देखि गते सञ्चालन गरिएको १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ मा भी.न.पा. ४ अवस्थित श्री बैजनाथ मा.वि. महेन्द्रनगर विद्यालयबाट उशु भन्ने खेलमा बाह्र जना खेलाडीहरुको नाम दर्ता गराई अन्य कुनै पनि विद्यालय र खेलाडीहरुसङ्ग प्रतिस्पर्धा नै नभई एकलौटी रुपमा प्रथम स्थान अथवा स्वर्ण पदक विजेता घोषणा गरिएको सन्दर्भमा विभिन्न विद्यालयका प्र.अ. हरुले नगर खेलकुद समितीको ध्यानाकर्षण गराएको थियो । जस्मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधिन २०८०/०८ /११ को परिच्छेद १ नियम ९ प्रतियोगिता सञ्चालन प्रक्रियाको उपनियम ५ र ११ विपरीत रहेको छ । पाचौं संसोधन २०८०/०८/११ विपरीत घोषणा गरिएको हुँदा कुन निर्णय, ऐन, कानुन, नजिर र प्रक्रियाका आधारमा घँषणा गरिएको हो भनी लिखित रुपमा नगर खेलकुद समितिले जानकारी गराईदिन अनुरोध गर्दै विद्यालयहरुले सामुहिक निवेदन दिदा समेत भीमदत्त नगर खेलकुद समितिले विद्यालयहरुलाई कुनै जवाफ नै नदिई उपनियम ११ विपरीत विजयी घोषणा गरि समग्रमा राष्ट्रपति रनिङ शिल्ड वैजनाथ मा.वि. महेन्द्रनगर लाई दिएको छ ।’ उनले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुस