केशव थापा

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी(विप्लव)का नेता भरत बमले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाई गर्न सरकारले प्रभावकारी पहल गर्न नसकेको बताएका छन । आइतबार महेन्द्रनगरमा नेकपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बमले सरकारी पक्षबाट आफ्ना देशका नागरिकका लागि प्रभावकारी पहलकदमी हुन नसक्दा नेपाली विद्यार्थी अझै रिहा हुन नसकेको बताए । ईजरायल र प्यालेष्टाईनविच पटक पटम युद्धबिराम भएपनि हमासको नियन्त्रणमा रहेका अरु देशका नागरिक रिहा भएपनि विपिन जोशी रिहा नहुन दुखत विषय भएको बताए । ‘विपिन जोशी रिहाई किन भएनन ?,

उनलाई अझैसम्म त्यही राख्नुपर्ने के कारण हो, उनको विषयमा नेपाल सरकारले यथेष्ट जानकारी लिन सक्यो कि सकेन, यो उनको घर परिवार मात्रै नभई हाम्रो मुलुकका लागि दुखत विषय बनिरहेको छ, ‘नेता बमले भने, ‘हाम्रो पाटीले त पहिल्यैदेखि यस विषयमा सरकारलाई पटक पटक घचघच्याईरहेकै छ तैपनि सरकारले जहाँ जहाँ वार्ता सम्वाद गरेर गर्नुपर्ने हो, कतै सरकारले चुकेको त छैन, खाली सरकारका मान्छे मिडियामा पहल गरेको विषय मात्रै रातदिन बोलिरहेका छन ।’

नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका बमले कञ्चनपुर सहितका जिल्लाहरुमा भारतीय पक्षबाट सीमा अतिक्रमण, हस्तक्षेपदेखिका राष्ट्रियतामाथि प्रभाव पार्ने गतिबिधी हुँदा पनि सरकारले प्रभावकारी पहल गर्न नसकेको बताए । मातृभूमि अतिक्रमण बिरुद्धमा नेपाली जनता एकुजट भईरहेको बताउँदै उनले सरकारले जनताको भावना बुझ्नुपर्ने बताए । ‘यहाँका सरकारी निकायमा अझैपनि ढिलासुस्ती, भ्रष्टाचार भएका दिनदिनै कुरा आईरहेका छन, ‘उनले भने, ‘पत्रकार साथीहरुपनि खाली स–सानाले गरेका भ्रष्टाचारवाला समाचार पाउँछन, ठुलठुला भ्रष्टाचार सेटिङ्गमा हुने भएकाले त्यस तर्फपनि सरकारले ध्यान दिन नसकेपछि पाटीले खबरदारी गरिहेको छ ।’

‘पाँच बर्ष अघि सरकार र नेकपा विच भएको तीन बुँदे सहमतीमा पाटीले अक्षेरस पालना गरेको तर, सरकारले कार्यान्वयनको साटो उल्टो हाम्रा पाटीका नेता कार्यकर्ताहरुमाथि मुद्दा चलाउने प्रयास गरिहेको छ, यो हाम्रो लागि सह्यै छैन, ‘उनले भने, ‘आगामी ०८४को चुनाव हुने वातावरण सरकारले बनाउनुपर्छ ।’ नेता बमले अब पाटी बन्दुकतिर नभई उत्पादनका कामकाजमा खटिएको बताए । ‘एउटा राजनैतिक कोर्ष पुरा भएको छ, अब उत्पादन गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ, त्यही स्प्रीड अनुरुप पाटीले हरेक नेता कार्यकर्तालाई श्रमसंग गरेर अघि बढेको छ, समाजवादको लक्ष्य प्राप्तीका लागि पाटीले अघि सारेको कार्यक्रम देशभर संचालन भएको बताए ।

नेता बमले गृहमन्त्री रमेश लेखककै जिल्लामा सीमा अतिक्रमण नरोकिनु, अर्कातिर उनकै पाटीका भीमदत्त नगर सभापतिको शंकास्पद मृत भेटिनु दुखत विषय भएकारले यसतर्फ पनि सरकार र पाटी गम्भिर भएको बताए । पत्रकार सम्मेलनमा नेकपा कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले सीमा अतिक्रमणदेखि जनताका जनजिविका सवालमा पाटीले निरन्तर खबरदारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुस