कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दलाई मातृशोक परेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर निवासी समेत रहेका राप्रपा जिल्ला अध्यक्ष चन्दलाई मातृ शोक परेको हो ।
राप्रपा जिल्लाका नेता चन्द एव भारतीय सेनामा कार्यरत उनका दाजु बिरेन्द्र बहादुर चन्दकी ममतामयी आमा लिलावतीदेवी चन्दको शनिबार दिउँसो निधन भएको थियो ।
७४बर्षको उमेरमा लिलावती चन्दको निवासमै निधन भएको चन्द परिवारले जनाएको छ । आईतबार महाकाली नदीमा पार्थिव शरिर अन्त्येष्टी गरिएको छ । हिन्दु धार्मिक परम्परा अनुरुप गजेन्द्र र बिरेन्द्रले दागबत्ती दिएर आमाको दाहसंस्कार गरेका छन । लिलावतीको निधनले चन्द परिवार सहित आफन्तजन, ईष्टमित्र शोकमा डुबेका छन ।
प्रतिक्रिया दिनुस