कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्याथीमाथि कुटपिट भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर सार्क एजुगेशन स्कुलका कक्षा १२मा अध्ययनरत विद्यार्थी तेज पनेरुमाथि कुटपिट भएका हुन ।

विद्यार्थी पनेरुलाई कुटपिट गर्ने शिक्षक भागवत भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार शिक्षक भट्टको वडा प्रहरीले महाकाली अस्पतालमा मेडिकल गराएको थियो ।

विद्यार्थी कुटपिट गर्ने शिक्षकमाथि कञ्चनपुरका विद्यार्थी संघ संगठनहरुले कार्बाहीको माग अघि सारेका छन । नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डित, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष डिबी धामी(अबिरल) र अनेरास्ववियु जिल्ला इन्चार्ज रमेश पन्तले विद्यार्थी कुटपिट गर्ने शिक्षकमाथि कार्बाहीको माग अघि सार्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेका छन । निजी विद्यालयमा विद्यार्थी कुटपिट नरोकिएपछि विद्यार्थी नेताहरु आक्र्रोसित भएका छन ।

प्रतिक्रिया दिनुस