लक्ष्मण नेगी 

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका जिल्ला, पालिका गाँउबस्तीहरुमा विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका छन । बिहीबार माओवादी केन्द्रले ३०औँ जनयुद्ध दिवस मनाएको हो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ईन्चाज गिरीराजमणी पोखरेलले पाटी केन्द्रको निर्णय अनुरुप सुप प्रदेशमा ९वटै जिल्ला, सबै पालिका, गाँउबस्तीहरुमा जनयुद्ध दिवस मनाईएको बताए ।

उनका अनुसार कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, बाजुराका जिल्ला सदरमुकाम, पालिका गाँउबस्तीमाहरुमा उत्साहका साथ रक्तदान, शुभकामना आदानप्रदान, दिप प्रज्वलनदेखि समाजिक कार्यक्रम गरेर दिवस मनाईएको छ । माओवादी केन्द्र धनगढी नगर कमिटितले आयोजना गरेको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रममा सरिक हुँदै प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले जनयुद्ध दिवस नेपाली जनताका लागि ऐतिहासिक दिवसकै रुपमा रहेकाले दिवसलाई थप स्तरियदेखि भावि दिनमा समेत जनयुद्धकै मर्म अनुरुप पाटीका सबै तहका नेता कार्यकर्ताहरुलाई जनमुखी कामकाजमा खटिनुपर्ने बताएका छन ।

माओवादी सहित नेकपा विप्लव, बहुमत, बैद्य, वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटीले समेत दिवस मनाएका छन ।

अखिल क्रान्तिकारीका नेता तिलक मालले बैतडीमा वतृक्वतालादेखिका समाजिक काम गरेको बताए ।

अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशीले संगठनले पनि कञ्चनपुरमा समसामयिक विषयमा छलफल गरेको बताए । नेकपा माओवादी केन्द्र कञ्चनपुरले विवित कार्यक्रम गरेर ३ं० औँ जनयुद्ध मनाएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिले बिहीबार भीमदत्र् नगरमा जनयुद्ध दिवस मनाएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनयुद्ध दिवसको अवसरमा रक्तदान एव शुभकामना आदान प्रदान गरिएको बताए । संयोजक पाण्डेयका अनुसार नेपाल रेडक्रस सोसाईटी शाखा महेन्द्रनगर रक्त सञ्चार केन्द्रमा नेता कार्यकर्ताहरुले रगत दान गरेको बताए । ‘जिल्लामा विभिन्न बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन नदिन पनि हामीले जनयुद्ध दिवसकै दिन रक्तदान गरेका छौँ, ‘संयोजक पाण्डेयले भने, ‘दर्जनौँ नेता कार्यकर्ताहरुले रगत दान गरेका छन ।’ रगत दान गरेका माओवादी नेता कार्यकर्ताहरुले विगत तीन दशक अघि देशका लागि आवश्यक ठानेर रगत दिएको र अहिले दान मार्फत पनि जनताका लागि रक्तदान कार्यक्रम गरेको बताएका छन । रक्तदानसंगै शुभकामना शुभकामना आदान प्रदान कार्यक्रको समेत अध्यक्षता ग्रहण गरेका माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जिल्ला सहित (वटै पालिका कमिटीहरुले आ–आफ्नो पालिकामा शुभकामना आदान प्रदानसंगै सृजनात्मक कार्यक्रम गरेर दिवस मनाएको बताए । जिल्लाका सबै पालिकामुकामहरुमा दिप प्रज्वलन गरेर समेत दिवस मनाईने बताए । कार्यक्रममा संविधान सभा सदस्य एव माओवादी कञ्चनपुरका संयोजक टेकेन्द्र प्रशाद भट्ट, संविधान सभा सदस्य एव माओवादी केन्द्रीय सदस्य देवीलाल चौधरी, माओवादी केन्द्रीय सदस्य माया नेगी, जिल्ला संचिव सहबीर सुनार सहितका नेता कार्यकर्ताहरुले जनयुद्धको मर्म भावना अनुरुप जनमुखी कामकाजमा जोडदिएका छन । जनयुद्धकै उपज अहिलेको व्यवस्था आएको र हाल एमाले, काँग्रेस नेतृत्वको सरकारले आफ्ना पाटीका भ्रष्टाचारलाई मुद्दा नै नलाग्ने गरेर चोख्याउने काम गरेले जनयुद्धका सहिदको समेत अपमान भईरहेको धारणा राखेका छन । माओवादीले परिर्वतनका लागि १फागुन ०५२सालदेखि थालेको जनयुद्धलाई हरेक बर्ष उत्सवकै रुपमा मनाउँदै आएको छ । कञ्चनपुर देशभर सहिद विदेशमा समेत जनयुद्ध दिवस मनाईदैछ ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले जनयुद्ध दिवसकै अवसमा पार्टीले विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । उनका अनुसार समाजिक काम, बेदकोट पर्यटकीय स्थलको प्रचारप्रसार, सरसफाई एव साभ्m दिप प्रज्वलनदेखि शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाईएको । ‘अधुरो क्रान्ति सहित वैज्ञानिक समाजवाद निर्माणको प्रतिज्ञा सहित दिवस मनाउँछौँ, ‘उनले भने, ‘जनयुद्ध दिवसलाई प्रतिबद्धता दिवस मानेर देश र जनताका लागि काम गछौँ ।’

नेकपा बहुमत कञ्चनपुरका इन्चार्ज हरिस दयाल(सहदेव)ले आम जनताको सहयोगमा आफुहरु प्रत्यक्ष जनयुद्धमा होमिएको स्मरण गराउँदै जनयुद्ध दिवस पाटीले पनि मनाउने बताउँदै जनयुद्धकै उपज अहिलेको उपलब्धी आएको बताउँदै अझैपनि थुप्रै उपलब्धी कार्यान्वयन गर्न बाँकी रहेको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका संयोजक विष्णूराम दमाईले विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । उनका अनुसार जनयुद्धमा शुभकामना आदान प्रदान सहित दिप प्रज्वलन, सहित वेपत्ता परिवारसंग भेटघाट गर्ने बताए । यसका साथै विवित समाजिक काम गरेर दिवस मनाउने बताए । ‘दिवस मनाउँछौँ, ‘यो ईतिहास हो, जनयुद्धको मर्म भावना अनुरुप थप राजनीतिक उपलब्धीका लागि नेता कार्यकर्तालाई उत्प्रेरित गराउँछौँ ।’

जनताले माओवादी घटक राजनीतिक दलहरुसग जनयुद्धको मर्म अनुरुप देश र जनातको पक्षमा व्यवहारिक रुपमा काम गर्न अनुरोध गरेका छन । सरकारले जनयुद्ध दिवसको अवसरमा अघिल्लो बर्षदेखि देशभर सार्वजनिक विदा दिएपनि यस गत बर्षदेखि सर्वोच्चले कटौती गरेको छ । तैपनि कतिपय स्थानीय सरकारले समेत विदा दिवस दिवस मनाईरहेका छन । देशभर माओवादीले दिवससंगै जनयुद्धको मर्म अनुरुप नेता कार्यकर्ताहरुलाई जनसेवामा खटिन आब्हान गर्दै आएको छ ।

२९ बर्ष अघि ०५२ सालमा संविधान सभाबाट नयाँ संिवधान, राजतन्त्रको अन्त्य,संघीय लोकतान्त्रिक गणतन्त्र, जनवादी व्यवस्था हुनुपर्ने एजेण्डा अघि सारेर थालिएको जनयुद्ध ५ मंसिर ०६३ मा विस्तृत शान्ति सम्झौता गरिएको थियो । ०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि ०७० मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचन भएपछि संविधान निर्माण भयो ।

प्रतिक्रिया दिनुस